IME Life

बिमा सम्बन्धित जर्नल प्रकाशन

SPIL
Sanima Reliance

काठमाडौँ : बिमा सम्बन्धित अनुसन्धान सहितको जर्नल ‘नेपलिज जर्नल अफ इन्स्योरेन्स एण्ड सोसियल सेक्यूरिट’ सार्वजनिक भएको छ । नेपालमा पहिलो पटक रिसर्च एण्ड एसोसियसन अफ नेपालले उक्त जर्नल प्रकाशन गरेको हो ।

जर्नलमा पाँच वटा अनुसन्धात्मक लेख राखिएका छन् । जर्नलमा डिल्ली राज खरेलले नेपालमा सामाजिक सुरक्षा सम्बन्धित पोलिसी तथा कार्यक्रम र यसका प्रभावको बिषयमा गरेको अनुसन्धात्मक लेख राखिएको छ । त्यस्तै, शारदा पाण्डे र प्रा.डा.फत्त बहादुर केसीले नेपालको बिमा क्षेत्रको सेवाको गुणस्तर र घनश्याम निरौलाले नेपालको सामाजिक सुरक्षा सम्बन्धि ट्रेन्डको बिषयमा गरिएको अनुसन्धात्मक लगायतका अन्य लेख पनि राखिएको छ ।

Crest
Meta Holidays

नेपालमा बिमा क्षेत्रको विकास हुँदै गएपनि यस सम्बन्धित अध्ययन अनुसन्धान नहुनु दुखद कुरा रहेको जर्नलका सम्पादक तथा विमा विज्ञ डा. रविन्द्र घिमिरले बताए । ‘तसर्थ नेपालको बिमा बजारलाई गहन रुपमा अगाडी बढाउन अनुसन्धात्मक जर्नल प्रकाशन गरिएको हो,’ उनले भने । जर्नलका आगामी अंकमा बिमा क्षेत्रमा अन्य बिषयमा गरिएको अनुसन्धात्मक लेखहरु समावेश गरिने उनले बताए ।

त्यस्तै, बिमा समितिका सहायक निर्देशक एवम् जर्नलका सहायक सम्पादक राजेन्द्र महर्जनले यो जर्नल बिमा सम्बन्धी अध्ययन गर्न चाहने व्यक्ति, विद्यार्थी, विमकका कर्मचारी लगायतका व्यक्तिलाई उपयोगी हुने बताए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x