अध्यक्षमा राजु रमण पौडेल नियुक्त भए भने सिईओमा भोजराज शर्मा
इन्स्योरेन्स खबर/काठमाडौँ : बिमा तालिम इन्स्टिच्यूट (आईटिआई) आईतबार देखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । बिमा समिति र बिमा कम्पनीहरुहको सहकार्यमा स्थापना हुन लागेको इन्स्टिच्यूटले चालु आर्थिक बर्ष देखि नै तालिमहरु संचालन गर्ने समितिले बताएको छ।
इन्स्टिच्यूटको अध्यक्षमा समितिका निर्देशक राजु रमण पौडेललाई नियुक्त गरिएको छ भने कार्यकारी प्रमुखमा बिमा विज्ञ भोजराज शर्मालाई नियुक्त गरिएको छ ।
नेपालको बिमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएपछि समितिले बिमा एकेडेमीको परिकल्पना गरेको थियो । करिब एक दशक अघि देखि नै एकेडेमीको परिकल्पना गरिए पनि यसले पूर्ण रुप भने पाउँन सकेको थियो । यद्यपी समितिले चालु आवका देखि भने यसको औपचारिक शुभारम्भ गरी तालिमहरु सञ्चालन गर्ने भएको छ ।