IME Life

पञ्चकन्याको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: पञ्चकन्या माई हाईड्रोपावरले साउन १ गते देखि आइपिओ बिक्री  खुला गरेको  थियो  । कम्पनीले साउन १ गतेदेखि कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेकोमा  बिहीबार बेलुकासम्म ६७ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । पञ्चकन्याको आइपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले साउन ४ गतेसम्म उचित मात्रमा आवेदन नपरेको खण्डमा भने साउन १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार ५०० कित्तासम्म आवेदन दिन सकिनेछ । पञ्चकन्याले यसअघि इलाम जिल्लाको स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता आइपीओ निष्कासन गरिसकेको छ । कम्पनीले क्रेडिट रेटिङ ४ पाएको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं तथा पञ्चकन्याको ललितपुर महानगरपालिका, वडा नं ३ पुल्चोकबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिनेछ । सी–आस्वाबाट घरमै बसेर पनि भर्न मिल्नेछ ।पञ्चकन्याको जारी पुँजी १ अर्ब १० करोड रुपैयाँ र चुक्ता पुँजी ९९ करोड रुपैयाँ छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS