IME Life
GBIME

भोलिदेखि सेयर लगानीकर्ताको क्लोज आउटमा नयाँ ब्यबस्था

SPIL
NIC ASIA new
NLIC

इन्स्योरेन्स खबर/काठमाडौँ: सरकारले गत जेठ १५ मा ल्याएको बजेटमा साधारण लगानीकर्ताले तिनुपर्ने पुँजीगत लाभकर ५ प्रतिशत बाट बढाएर साढे ७ प्रतिशत बनाएको थियो। संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ। सेयर बजार घटेर चिन्तामा रहेका सेयर लगानीकर्ताको घाटा भोलिदेखि थप भएको छ।

सरकारले बजेट ल्याउदा सार्वजनिक गरेको भन्सार र अन्तशुल्कका दरहरु अर्काे दनदेखि लागु हुने भएपनि करका अरु दरहरु साउन १ देखि लागु हुन्छन। लाभकरको व्यवस्था नयाँ आर्थिक वर्ष २०७५/७६ को पहिलो दिन अर्थात साउन १ देखि लागु हुने छ ।लगानीकर्ताले अब सेयर बेच्दा फाइदा हुँदा विगतको भन्दा साढे २ प्रतिशत कर बढी तिर्नुपर्छ । घाटामा रहेका लगानीकर्तालाई भने करले थप घाटा बढाउने देखिन्छ ।

Crest

साढे ७ प्रतिशत लाभकर बाहेक सेयर लगानीकर्तालाई अर्को करको भार समेत थपेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले क्लोज आउटमा २५ प्रतिशत लाभकर व्यवस्था गरेको छ । क्लोज आउट भएमा सेयरको खरिद गर्नेलाई बिक्रेताले २५  प्रतिशत (क्लोज आउटहुने रकम मध्येको २५ प्रतिशतले हुने गरी) जरिवाना स्वरुप तिर्नुपर्छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS