रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी बिकास बैंक लिमिटेड बीच बैंकान्सुरेन्स सम्झौता

इन्स्योरेन्स खबर/काठमाडौँ: रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी बिकास बैंक लिमिटेड बीच बैंकान्सुरेन्स सम्झौता सम्पन्न भयो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछाने तथा इन्स्योरेन्सको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गर्नु भएको थियो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. ले व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको नयां नयां जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो दह्रो उपस्थिती जनाउने लक्ष्य लिएको छ । यहि लक्ष्य प्राप्तीको लागि इन्स्योरेन्सलेमहालक्ष्मी बिकास बैंक लि.मार्फतआफ्ना जीबन बीमालेखहरु बिक्री गर्नुका साथै बैंकको ७२  वटै शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचं बिस्तार गर्ने आशा लिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न ११ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार