IME Life

नयाँ जिबन बीमा कम्पनीहरुमा को अगाडि को पछाडी?

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौं: चालु आर्थिक वर्षको सुरुवात संगै ९ वटा जीवन बीमा कम्पनीहरुले जिबन बीमा ब्यबसाय शुरु गरेका थिए । बीमा समितिबाट लाइसेन्स लिएर यसै आर्थिक वर्षदेखि कारोबार शुरु गरेका ९ कम्पनीमध्ये संचालनको हिसाबले आइएमई लाइफ इन्स्योरेन्स नयाँ मध्येको सबैभन्दा पुरानो हो भने सबै भन्दा कान्छो जिबन बीमा कम्पनी प्रभु लाइफ इन्स्योरेन्स हो ।

ब्यबसाय संचालन गर्दा बीमा बजारमा सन नेपाल लाईफ र युनियन लाइफ इन्स्योरेन्स बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो, सो अनुरुप दुवै बीमा कम्पनीहरुले एकैदिन अर्थात् २०७४ अशोज १६ गते बाट ब्यबसाय सुरु गरेका थिए। तर अहिले युनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जिबन बीमा कम्पनीहरु मध्येसबै भन्दा धरै बीमा बीमा शुल्क आर्जन गरेको छ भने सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पाँचौं स्थानमा देखिएको छ।

Prabhu
Crest

बीमा शुल्क आर्जन गरेको छ ८-९ महिनाको ब्यबसाय विस्तारलाई हेर्दा युनियन लाइफ इन्स्योरेन्स अन्य नयाँ जिबन बीमा कम्पनीलाई मात्र होइन पुराना कम्पनीलाई समेत कडा टक्कर दिनसफल भएको देखिएको छ ।

चालु आर्थिक वर्षको १० महिना (जिबन बीमा ब्यबसाय सुरु गरेको ८ महिनामा) युनियन लाइफ इन्स्योरेन्सले ५६ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमाबाट २१ करोड ४२ लाख २५ हजार रुपैयाँ र अन्य बीमाबाट ३४ करोड ९६ लाख १६ हजार रुपैयाँ गरी जम्मा ५६ करोड ३८ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

युनियन लाइफ इन्स्योरेन्स पछि दोस्रो स्थानमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । आइएमई लाइफ इन्स्योरेन्सले ३५ करोड १२ लाख ३८ हजार रुपैयाँ शुल्क आर्जन गरेको छ, कम्पनीले वैदेशिक रोजगार बीमाबाट १३ करोड ५२ लाख ६१ हजार रुपैयाँ र अन्य बीमाबाट २१ करोड ५९ लाख ७७ हजार रुपैयाँ गरी ३५ करोड १२ लाख ३८ हजार रुपैयाँ शुल्क आर्जन गरेको हो ।

यसै गरी तेस्रो स्थानमा देखिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २६ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, कम्पनीले वैदेशिक रोजगार बीमाबाट १८ करोड ४५ लाख रुपैयाँ र अन्य बीमाबाट ८ करोड ५१ लाख रुपैयाँ गरी तेस्रो स्थानमा देखिएको हो, भने चौथोमा रहेको रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले सोही अवधिमा वैदेशिक रोजगार बीमाबाट १६ करोड ७३ लाख रुपैयाँ र अन्य बीमाबाट ८ करोड ७० लाख ७५ हजार रुपैयाँ गरी जम्मा २५ करोड ४३ लाख ६६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बैंकास्योरेन्स सम्झौतामा आक्रामक देखिएको रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी अहिले वैदेशिक रोजगार बीमामा भर परेको देखिएको छ तर विस्तार हुदै गरेको संजालको प्रयोग राम्रो संग गर्नसके कम्पनी अगाडी बढ्नसक्ने देखिन्छ ।

१९ करोड ६८ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरी सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पाँचौं स्थानमा देखिएको छ भने १५ करोड ११ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरी ज्योति लाइफ इन्स्योरेन्स कम्पनी छैठौं स्थानमा देखिएको छ, सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी दुवैले वैदेशिक रोजगार म्यादी बीमा गरेका छैनन् ।

यसैगरी प्रभु लाईफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः ४ करोड ६१ लाख ७२ हजार, ३ करोड ६६ लाख ९४ हजार र २ करोड ९४ लाख ७५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा ब्यबसाय सम्बद्ध बिज्ञहरुका अनुसार युनियन लाइफ इन्स्योरेन्सको प्रगति आकर्षक देखिन्छ, कम्पनीले नेपाली बीमा बजारमा नयाँ पन दिने प्रयाश गरेको देखिन्छ, जसको कारण युनियन लाइफ इन्स्योरेन्स अन्य नयाँ जिबन बीमा कम्पनीको तुलनामा अगाडी छ । कम्पनीको कुशल ब्यबस्थापन समूह, प्रतिष्टित लगानीकर्ता, इमान्दार तथा सक्षम कर्मचारीहरु, लगनशील अभिकर्ता तथा चेतनशील बिमितहरुको बिश्वाशले कम्पनी सफलता पाउने आधार रहेको कम्पनी श्रोतले जानकारी दिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS