१२% बोनसका लागि सूर्या लाइफ इन्स्योरेन्सको मूल्य समायोजन,कति पुग्यो पुँजी ?

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौँ: १२% बोनसका लागि सूर्या लाइफको  शेयर मूल्य समायोजन भएको छ। नेप्सेमा प्राप्त सूचना अनुसार कम्पनीको समायोजित मूल्य ५ सय ८०  दशमलव ३६  रुपैयाँ तोकेको छ भने आधारमूल्य (बेस प्राइस ) ७  सय २७ दशमलव २१  रुपैयाँ तोकेको छ।

१२ प्रतिशत बोनस शेयरलाई पुँजीमा समायोजन गर्दा कम्पनीको पुँजी १ अर्ब १३ करोड पुगेको छ। त्यस्तै असार ३२ गते सम्पन्न हुने वार्षिक साधारण सभामा कम्पनीले ७० प्रतिशत हकप्रद शेयरको प्रस्तावपनि लैजाँदै छ। ७० प्रतिशत हकप्रद शेयर पछि कम्पनीको पुँजी १ अर्ब ९२ करोड पुग्ने छ।

बीमा समितिका अनुसार जीवन बीमा कम्पनीहरूको पुँजी २ अर्ब पुर्‍याउन पर्नेछ । ७० प्रतिशत हकप्रद पछी कम्पनीको पुँजी अझै ८ करोडले अपुग हुन्छ। कम्पनीले अझै ४ प्रतिशतले आफ्नो पुँजी थप गर्नु पर्ने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार