Prabhu Life Ad Final

मूल्य आम्दानीको हिसाबले शिवम् सिमेन्टको आईपिओ भन्दा सस्ता वाणिज्य बैंकहरु

IME PAY
IME Life

इन्स्योरेन्स खबर/काठमाडौँ:

शिवम् सिमेन्टले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिए सँगै बजारमा धेरे टिका टिप्पणी आउन थालेका छन् ।
प्रति कित्ता ३०० रुपैयाँमा ८ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि र प्रति कित्ता ४०० रुपैयाँमा ४४ लाख कित्ता सर्वसाधारणमा शेयर जारी गर्न लागेकोमा धेरैले यो मूल्य महँगो भन्दै आएका छन् भने केहीले शेयर बजारमा वास्तविक क्षेत्रको प्रवेश स्वागत योग्य भनेका छन्  ।

हेरौ कम्पनीको प्रति शेयर आम्दानीको अवस्था :

कम्पनीको अहिलेको पुँजी ३ अर्ब ८७ करोड छ भने तेस्रो त्रैमाससम्म कम्पनीले  ९३ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ३२ रुपैयाँ २५ पैसा रहेको छ।
आइपिओ पश्चात् कम्पनीको पुँजी ४ अर्ब ४० करोड पुग्ने छ।
आईपिओको शेयरलाई पुँजीमा  समायोजन गर्दा कम्पनीको प्रति शेयर आम्दानी २८ रुपैयाँ ३८ पैसा हुन् आउँछ।

मूल्य आम्दानी अनुपात कति गुणा ?

स्थानीय बासिन्दाले शेयर आवेदन दिने  प्रति कित्ता ३०० रुपैयाको हिसाबले  गणना गर्दा   मूल्य आम्दानी अनुपात १० दशमलव ५ गुणा हुन आउँछ भने सर्वसाधारणले आवेदन दिने  प्रति कित्ता ४०० रुपैयाको हिसाबले  गणना गर्दा  मूल्य आम्दानी अनुपात १४ गुणा आउँछ   ।

दोश्रो बजारमा वाणिज्य बैंकको मूल्य आम्दानी अनुपात कस्तो ?

अहिले दोस्रो बजार सुस्त भएको बेला राम्रा राम्रा वाणिज्य बैङ्कहरुको  मूल्य आम्दानी अनुपात र  शिवम् सिमेन्टको आईपीओमा  आवेदन दिदाको मूल्य आम्दानी अनुपात दाज्दा  केही वाणिज्य बैंकहरु सस्ता छन् भने केहीको मूल्य आम्दानी अनुपात  १४ को आसपासमा छ ।
वाणिज्य बैंकहरु दीर्घकालीन लगानीको लागि राम्रो क्षेत्र मानिन्छ। यसको नियामक निकायपनि अन्य क्षेत्र भन्दा बलियो छ।

हेरौ १४ गुणा र सो भन्दा थोरे  मूल्य आम्दानी अनुपात भएका वाणिज्य बैंकहरु :

वाणिज्य बैंकको असार १४ गतेको बजार मूल्यलाई आधार मानेर  मुल्य आम्दानी अनुपात गणना गरिएको हो।  

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS