Prabhu Life Ad Final

ग्लोबल आईएमई बैंक र कतारको कमर्सियल बैंक बीच रेमिट्यान्स कारोबार सम्झौता

IME PAY

इन्स्योरेन्स खबर/काठमाडौँ: ग्लोबल आईएमई बैंक र कतारस्थित कमर्सियल बैंकबीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कतार स्थित कमर्सियल बैंक, कतारमा रहेका वाणिज्य बैंकहरु मध्येको ठूलो शाखा सञ्जाल भएको बैंक मध्ये एक हो। जसको कतारभर वृहत शाखा संजाल रहेको छ। यो सम्झौता पश्चात कमर्सियल बैंकको कतारमा रहेका शाखाहरु मार्फत पठाएको पैसा ग्लोबल आईएमइ बैंक को नेपाल भर जुनसुकै शाखाबाट लिन सकिने छ ।

ग्लोबल आइएमई बैंक रेमिट्यान्सलाई प्राथमिकतामा राखी बिगत १० वर्षदेखि विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको अग्रणी बैंक हो।
बैंकले हाल १२९ शाखाहरु, ५ वटा एक्सटेन्सन काउण्टर तथा ९० शाखा रहित बैंकिङ्ग सेवा, ७००० भन्दा बढि एजेन्ट मार्फत सेवा दिँदै आइरहेको छ ।  ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x