Prabhu Life Ad Final

बोनस पछि सूर्या लाईफले फेरी दिने भयो हकप्रद ; साधारण सभा कहिले ?

IME PAY

इन्स्योरेन्स खबर/काठमाडौँ: सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले हाल निष्कासन भई बाडफाटको क्रममा रहेको ४० प्रतिशत हकप्रद शेयरले समेत पाउने गरी १२ प्रतिशत बोनस शेयर पारित गर्न यही असार ३२ गते सोमबारका दिन विराटनगरमा वार्षिक साधारण सभा गर्दै छ।
त्यस्तै सोही साधारण सभामा कम्पनीले १२ प्रतिशत बोनस पश्चात् आउनेपुँजी को ७० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्तावपनि लैजाँदै छ।

निष्कासन भई बाडफाटको क्रममा रहेको ४० प्रतिशत हकप्रद शेयरलाई पुँजीमा समायोजन गर्दा कम्पनीको पुँजी १ अर्ब १ करोड हुन्छ । प्रस्तावित १२ प्रतिशत बोनस पछि कम्पनीको पुँजी १ अर्ब १३ करोड पुग्ने छ , त्यस्तै ७० प्रतिशत हकप्रद शेयर पछि कम्पनीको पुँजी १ अर्ब ९२ करोड पुग्ने छ। बीमा समितिका अनुसार  जीवन बीमा कम्पनीहरुको पुँजी २ अर्ब पुर्याउन पर्ने छ ।
७० प्रतिशत हकप्रद पछीपनि कम्पनीको पुँजी अझै ८ करोड ले अपुग छ । कम्पनीले अझै ४ प्रतिशतले आफ्नो  पुँजी थप गर्नु पर्ने छ।
साधारण सभा प्रयोजनका निमित्त असार १७ गते देखि असार २३ गते सम बुक क्लोज मिति तय गरिएको छ। असार १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाई १२ प्रतिशत बोनस शेयर पाउनेछन्।

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x