राष्ट्रिय बीमा कम्पनीको बजार विशेषज्ञमा सुकल्याण पराजुली नियुक्त

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौं: राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बजार बिषेशज्ञमा सुकल्याण पराजुली नियुक्त गरेको छ। कम्पनीको संचालक समितिले २०७५ आषाढ १ देखी लागु हुने गरी पराजलीलाई नियुक्त गरेको हो ।

त्रिभुवन बिश्वबिद्यालयबाट ब्यबस्थापन शंकायमा स्नाकोत्तर पराजुलीले २०५४ सालदेखि नेपाललको इन्स्योरेन्स क्षेत्रमा प्रवेश गर्नु भएको हो।
लामो समय प्राध्यापन र बीमामा लामो अनुभव भएका पराजुली बिभिन्न जलविद्युत आयोजनाका साथै पुर्नबीमा क्षेत्रमा कार्यरत थिए ।

एलायन्स इन्स्योरेन्स (हालको प्रभु इन्स्योरेन्स ), जलविद्युत साथै एनबी इन्स्योरेन्स ( हालको आइएमइ जनरल )हुदैँ राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा १ वर्षका लागी करारमा नियुक्त हुनुभएको हो। पराजुली स्पष्ट बोल्ने ,खरो स्वभाव र अध्ययनशिल ब्यक्तिका रुपमा बीमा क्षेत्रमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार