IME Life

संस्थापक सेयर बिक्रि गर्दै नेको इन्स्योरेन्स, न्यूनतम मूल्य २४२

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौं:

नेको इन्स्योरेन्स कम्पनीका हाल कायम संस्थापक शेयरधनीले २ लाख कित्ता संस्थापक शेयर २१ दिने लिलामीमा नकिनेपछि, कोष व्यवस्थापन कम्पनीले आफ्नो स्वामित्तोमा रहेको २ लाख कित्ता शेयर अब अषाढ ५ गते बाट सर्वसाधारणलाई खुला गरेको छ। संस्थापक शेयरको न्यूनतम मूल्य २४२ तोकिएको छ र सो मूल्य नघट्ने गरी आवेदन दिनु पर्ने छ।

Prabhu
Crest

शिलबन्दी बोलपत्र पेस गर्ने सुरु मिति :२०७५, अषाढ ५ गते बाट

शिलबन्दी बोलपत्र पेस गर्ने अन्तिम मिति : २०७५ अषाढ १३,
बिक्री प्रबन्धक : सिद्धार्थ क्यापिटल, नक्साल
आवेदन दिनु पर्ने न्यूनतम कित्ता : ५,००० कित्ता

कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको सेयर लिलामी गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाले असार १३ गतेसम्म सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले आवेदन गर्दा न्यूनतम प्रतिकित्ता २४२ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्यूनतम ५ हजार कित्ता वा सो भन्दा बढी लिलामीमा आएको सम्पूर्ण कित्ताको लागि शिलबन्दी बोलपत्र गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले तेश्रो त्रैमासको प्रतिवेदनमा ७८ करोड पुँजी देखाएपनि बिक्री भैसकेको ५० प्रतिशत हकप्रद शेयरलाई पुँजीमा समायोजन गर्दा कम्पनीको पुँजी १ अर्ब १७ करोड पुग्ने छ। चालु आर्थिक वर्षको अन्तिम सम्म निर्जिबन बीमा कम्पनीको चुक्ता पुंजी १ अर्ब हुनु पर्नेमा कम्पनीले बिमा समितिको निर्देशन बमोजिम पुंजी कायम गरिसकेको  छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS