इन्स्योरेन्स खबर/काठमाडौं: पछिल्लो समयमा बैंकास्योरेन्स सम्झौताको लागि आक्रामक रिलायवल लाइफ इन्स्योरेन्स र मेगा बैंक नेपाल लिमिटेड कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मेगा बैंकका बरिष्ठ नायब महाप्रबन्धक-महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
सो सम्झौता संगै रिलायवल लाइफ इन्स्योरेन्स नेपालको इतिहाशमै सबै भन्दा धरै बैंक तथा वित्तीय संस्थासंग बैंकास्योरेन्स सम्झौता गर्ने जिबन बीमा कम्पनी बनेको छ ।
सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट रिलायवल लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ । रिलायवल लाइफ इन्स्योरेन्सले बैंकास्योरेन्स सम्झौता मार्फत आम नेपाली समुदायलाई बीमाको पहुच पुर्याउने लक्ष्य लिएको छ ।