IME Life

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्ताहरुको ध्यानाकर्षण, नेपालमा लगानी गर्न आग्रह

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण भएकाले लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गरेका छन्  ।

स्विट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७ औँ सत्रलाई आज सम्बोधन गर्दै ढकालले नेपालमा सुरक्षित वातावरण निर्माण भएकाले कैयौँ नयाँ क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्तालाई आग्रह गरेका छन्  । उपाध्यक्ष ढकालले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनाहरुतर्फ विश्वका लगानीकर्ताको ध्यानाकर्षण गराएका छन्   ।

Meta Holidays
Crest

नेपाल रोजगारदाता परिषद्को अध्यक्षसमेत रहेंका ढकालले नेपालले श्रमसम्बन्धी कानूनमा हालै सुधार गरेको र यसबाट श्रमिकका हक अधिकारको सुनिश्चितता प्राप्त भएको बताउँदै औद्योगिक उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा गरेका छन्  ।  श्रमिकको सामाजिक सुरक्षासहितका विषयलाई समेत समेटेर श्रम कानूनमा गरिएको पछिल्लो सुधारले औद्योगिक सम्बन्धको विकास र प्रबर्ध्दनका साथै श्रमिकका लागि कार्यक्षेत्रमा हुने सहयोगमा ठूलो सघाउ पुर्याउने अपेक्षा नेपालका उद्यामीले गरेको ढकालले  बताए  ।

उपाध्यक्ष ढकालले नेपालमा हालैका दिनमा विकसित राजनीतिक स्थिरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरुको वृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार एंव उत्पादकत्व र आर्थिक वृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको छ भने ।

यसरी गरिने औद्योगिक विकासले नेपालमा समावेशी आर्थिक विकास, रोजगारीे प्रबर्ध्दन  र नयाँ नयाँ क्षेत्रमा आर्थिक लगानीका अवसर सिर्जना हुने र यसले नेपालमा दिगो आर्थिक विकासमा सघाउ पुग्ने अपेक्षा नेपाल सरकार र नेपालको निजी क्षेत्रले गरेको पनि ढकालले  बताए  । 

उपाध्यक्ष ढकालले आर्थिक वृद्धिले मात्र पनि सामाजिक न्याय हुन नसक्ने भएकाले आर्थिक विकासको प्रतिफल देशको तल्लो तह वा निम्न वर्गका नागरिकसम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशीलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पु¥याउने विचार व्यक्त गरे ।

कुनै पनि देशमा श्रमिक र उनीहरुका संघ संगठनको क्षमता अभिवृद्धि एक महत्वपूर्ण कार्य हो, ढकालले  भने, “औद्योगिक विकास, उत्पादकत्व वृद्धि, श्रमिकको हक अधिकारको संरक्षण र रोजगारीको सिर्जनामा यसले सहयोग पु¥याउँछ, त्यसैले यस्तो क्षमता अभिवृद्धिमा सबैको साझा चासो र अग्रसरताको अपेक्षा गरिएको छ ।”

यस क्षेत्रमा आइएलओको आर्थिक तथा प्राविधिक सहयोगको अपेक्षा नेपालले गरेकोे धारणा पनि ढकालले  व्यक्त गरे  ।  उक्त सत्रमा आइएलओका सदस्य रहेका विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा तथा प्रतिनिधि र श्रमिक एंव त्यसका नेताहरु गरी चार हजारभन्दा बढीको सहभागिता रहेको उपाध्यक्ष ढकालले जानकारी दिए  ।  (रासस)

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS