IME Life

नयाँ आर्थिक वर्ष देखि पेन्सन खारेज, अब पेन्सनको लागि ‘पेन्सन प्लान जिबन बिमा’ गर्दा राम्रो

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ: सरकारले पेन्सनको भार थेग्न नसक्ने भएपछि पेन्सन सुबिधा बन्द गरि आगामी आर्थिक वर्षबाट योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने भएको छ । अब २०७५ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीहरुले पेन्सन पाउने छैनन् । उनीहरुले योगदानमा आधारित निवृत्तिभरणमा चित्त बुझाउनुपर्ने छ। पेन्सन तथा जागिरको सुरक्षा हुने हुदा नेपालमा सरकारी जागिरप्रति राम्रो आकर्षण थियो। सामान्यता अन्य बिकशित मुलुकहरुमा पनि पेन्सनको सुबिधा हटाउदै गएको देखिन्छ।

मंगलबार आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘संवत् २०७५ साउन १ गतेदेखि नियुक्त हुने राष्ट्रसेवकहरुलाई योगदानमा आधारित निवृत्तिभरण योजना अनिवार्य लागू गरिने छ ।’ यो कुरा को अर्थ अब २०७५ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीहरुले पेन्सन पाउने छैनन् भन्ने नै हो।

Prabhu
Crest

सरकारलाई पेन्सनको भार प्रत्येक पाँच वर्षमा दोब्बर पर्दै गएको देखिन्छ । गत वर्षसम्म नेपालको कुल बजेटको ६ प्रतिशत रकम पेन्सनमा खर्च भएको थियो । यसरी पेन्सनको भार बढ्दै गएपछि सरकारले योगदानमा आधारित निवृत्तिभरणको योजना ल्याएको हो ।

ग्रिसमा पेन्सनको भार बढ्दै गएर कुल बजेटको २० प्रतिशतसम्म खर्च हुन थालेपछि अर्थतन्त्र नै धरासायी भएको थियो । नेपालमा पनि त्यस्तै अवस्था नआओस् भनेर योगदानमा आधारित निवृत्तिभरण योजना ल्याइएको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् ।

अबको सरकारी योजना के छ? 
अब साउन १ गतेदेखि नियुक्त हुने कर्मचारीहरुको तलबबाट निश्चित प्रतिशत रकम सरकारले काट्ने छ भने निश्चित प्रतिशत रकम सरकारले थपेर एउटा कोषमा जम्मा गरिदिने छ । र, सेवा निवृत्त भएपछि सो रकम कर्मचारीलाई उपलब्ध गराइने छ । तर, मासिक पेन्सन भने दिइने छैन ।

कर्मचारीको तलबबाट कति रकम कट्टा गर्ने र सरकारले कति थप्ने भन्नेबारे भने स्पष्ट भइसकेको छैन । नयाँ व्यवस्थाका लागि हालको निजामती सेवा ऐन संशोधन गर्नुपर्ने हुन्छ ।

हाल निजामती, सेना, प्रहरी, शिक्षक लगायतले सेवा निवृत्त भएपछि पेन्सन पाउँदै आएका छन् । सेवा नसकिँदै जागिर छाडेमा उपदान पाउँछन् । त्यसबाहेक कर्मचारी सञ्चय कोषमा जति रकम जम्मा भएको छ, त्यति नै रकम थपेर सरकारले दिन्छ ।

अब पेन्सनको लागि के गर्ने?
पेन्सन सुबिधा खारेज भयो भनेर डराउनु पर्ने अवस्था अहिले छैन, किनकि हाल नेपालमा संचालित जिबन बिमा कम्पनीहरुले जिबन बिमा पोलीसिमा पेन्सन सुबिधा अर्थात् पेन्सन बिमा योजनाहरु ल्याएका छन्, आम नागरिकहरुलाई पेन्सनको मध्यमबाट आर्थिक सुरक्षा दिने उदेश्यले गुराँस लाइफ इन्स्योरेन्स , एसियन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरशन (नेपाल), नेशनल लाइफ इन्स्योरेन्स लगायतका जिबन बिमा कम्पनीहरुले आकर्षक पेन्सन बिमा योजनाहरु संचालन गरेका छन् ।

पेन्सन बिमा योजनामा दोहोरो दुर्घटना लाभसमेत समेटीएको हुन्छ भने, पेन्सन बिमा योजनामा बीमाशुल्क छुट सुविधा र मासिक आय सुविधाको ब्यवस्था समेत गरिएको हुन्छ, जसले बिमितलाई पेन्सन मात्र नभएर आर्थिक सुरक्षामा समेत महत्वपुर्ण भूमिका खेल्न सक्छ ।

तसर्थ पेन्सन बिमा योजनामा पेन्सन खान चाहने व्यक्तिहरु को लागि एउटा उपक्युक्त विकल्पहुन सक्छ,  पेन्सन बिमा योजना सरकारी कर्मचारी, बैंक तथा बित्तिय संस्थामा कार्यरत कर्मचारी, निजि क्षेत्रमा कार्यरत कर्मचारी तथा अन्य संगठीत संस्थामा काम गर्ने कर्मचारी जो कोहिले लिन सक्छन।

छिमेकि मुलुक भारतमा पेन्सन बिमा योजनाको लोकप्रियता बढ्दो छ, भारतीय जिबन बिमा कम्पनी ‘लाइफ इन्स्योरेन्स कर्पोरशन (भारत)’ ले केहि समय अगाडी एकै दिनमा करिब १७ हजार पेन्सन बिमा योजना बिक्रि गरेर विश्व बजारमा नै इतिहाश कायम गरेको थियो तसर्थ आर्थिक सुरक्षाको लागि पेन्सन जिबन बिमा योजना सर्बोत्तम विकल्प हुन सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS