IME Life

पुरानो साइकल र कुकुर सम्पति विवरणमा सार्बजनिक गर्ने मन्त्रीहरूले बिमाको विवरण सार्बजनिक गरेनन…

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको लामो समय पछि सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । तर हालको मन्त्रिपरिषद आर्थिक सुरक्षाको मामलामा कमजोर देखिन पुगेको छ,  कारण मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्रीका साथै मन्त्रिपरिषद् सदस्य कसैले पनि बिमा गरेको देखिदैन । सम्पति विवरण सार्बजनिक गर्दा बिमाको विवरण पनि सार्बजनिक गर्नु कानुनी हिसाबले अनिबार्य हो, तर हालको मन्त्रिपरिषदका सदस्यहरु आर्थिक सुरक्ष्यको सबालमा चनाखो देखीएनन । यो बिषय अहिले बिमा क्षेत्रमा चासोको बिषय बनेको छ, बिमाको बारेमा चेतनाको अभाबले गरेनन वा कसैले पनि बिमानै गरेका छैनन् ।

१८ मन्त्रीमध्ये महिलामन्त्री थममाया थापा सबैभन्दा गरीब र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ धनी देखिएका छन्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको महासेठकी श्रीमती एवं सांसद जुली महतोको विभिन्न बैंक तथा वित्तीय संस्थामा धितोपत्र, ऋणपत्र र सेयर लगायत मात्रै ३९ करोड रुपैयाँ बराबरको छ । करोडौ को धितोपत्र, ऋणपत्र र सेयरमा लगानी गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफ्नो तथा आफ्नो परिवारको नाममा कुनै पनि कम्पनी ट जिबन/निर्जिबन बिमा पोलीसि खरिद गरेको विवरण पेश गरेका छैनन।

Prabhu
Crest

भूमिव्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालको भने उनले सार्वजनिक गरेको सम्पति विवरणमा घर छैन । आफ्नो सम्पत्ति विवरणमा उनले कपिलवस्तुमा तीन ठाउँमा जग्गा भएको उल्लेख गरेका छन् । तर, बैंकमा १४ लाख ९६ हजार बैंक मौज्दात छ भने १० लाख ३६ हजार रुपैयाँ मूल्यको सेयर छ । बिडम्बना भूमिव्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालपनि आर्थिक सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिने बिमा सम्बन्धि विवरण सार्वजनिक छैन ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले सवारी साधनका नाममा आफूसँग एक थान पुरानो साइकल रहेको उल्लेख गरेका छन् । विराटनगर एक कठ्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नी विमलाको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ । उनी र श्रीमतिका नाममा बैंक तथा वित्तीय संस्थामा ५५ लाख रुपैयाँ मौज्दात छ । पण्डितले सवारी साधनका नाममा आफूसँग एक थान पुरानो साइकल रहेको उल्लेख गरेका छन् तर नेपालको सडक जोखिमपूर्ण छ भन्ने थाहा हुदा हुदै पनि पण्डितको जिबन बिमा गरेको विवरण सार्वजनिक छैन ।

त्यस्तै, गृहमन्त्री रामबहादुर थापाले आफ्नो सम्पत्ति विवरणमा दुई वटा कुकुर पनि उल्लेख गरेका छन् । प्राप्त स्रोतमा छिमेकी लेखेका छन् । श्रीमती नैनकला थापाको नाममा चितवनमा घर र जग्गा, ६ तोला सुन र तीन लाख रुपैयाँ नगद भएको उल्लेख गरेका छन् । आजको समयमा बिकशित मुलुकहरुमा कुकुरको समेत बिमा गर्ने प्रचलन छ तथापी गृहमन्त्री रामबहादुर थापाले आफ्नो र आफ्नो परिवारको समेत बिमा गरेको विवरण सार्वजनिक गरेका छैनन् ।

अर्थमन्त्री तथा नेपाली अर्थतन्त्रका बिज्ञ डा. युवराज खतिवडासँग ९ लाख ६० हजार बराबरको कार रहेको उल्लेख गरेका छन् । आफू र श्रीमतीका नाममा काठमाडौंमा दुई वटा घर र काठमाडौं, भक्तपुर, दोलखा र झापाका ६ ठाउँमा जग्गा भएको उनले सम्पत्ति विवरणमा जनाएका छन् । उनीसँग १० तोला सुन, एक किलो चाँदी र डेढ लाख नगद छ भने विभिन्न बैंक तथा वित्तीय संस्थामा ठूलो सेयर लगानी छ । विभिन्न बैंकमा गरी उनको १ करोड ५१ लाख रुपैयाँ बचत रहेको छ।

बिमा क्षेत्रको बिडम्बना बिमाको बारेमा चेतना भएका तथा अर्थतन्त्रका जानकार अर्थमन्त्री डा युवराज खतिवडाले बीमा समितिको ५०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका थिए बीमा शिक्षालाई वित्तीय सारक्षरताकै अंगका रुपमा देशका कुनाकाप्चासम्म पुर्याउन निर्देशन दिएका थिए ।

अर्थमन्त्री डा खतिवडाले बीमाको आवश्यकताबारे आम जनजीवनमा बोध नभएसम्म यस क्षेत्रको दायरा फराकिलो हुन नसक्ने उल्लेख गर्दै बीमा समितिले बीमा बजारको स्वच्छ विकासमा सहयोग गर्नुपर्ने बताए तर, तिनै अर्थमन्त्री डा खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा  आफु तथा आफ्नो परिवारको नाममा खरिद गरेको बिमालेख (जिबन/निर्जिबन) बारे विवरण उपलब्ध छैन ।

बिमाविद डा. रबिन्द्र घिमिरेका अनुसार ‘सम्पति विवरण सार्बजनिक गर्दा बिमाको बारेमा विवरण सार्बजनिक गर्नु कानुनी हिसाबले पनि अनिबार्य हो तर, जानकारीको अभाब र बिमालेख खरिद नगरेको कारणले गर्दा पनि सरकारका मन्त्रीहरूको बिमाको बारे विवरण नआएको हुन सक्छ तर १८ मन्त्रीमध्ये एउटाको पनि बिमाको विवरण समाबेश नहुनु, दुखद कुरा हो’।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS