प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न, ६० करोडको साधारण सेयर निष्काशन गर्ने

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौं: प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा लैनचोरमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेको सभापतित्वमा संचालन भएको उक्त सभाले कम्पनीकाे नयाँ संचालक समितिमा चार जना चयन गरेको छ ।

कम्पनीको सञ्चालक समितिमा डा. आत्माराम घिमिरे, सुभाष अमात्य, रामेश्वर सापकोटा र मनिराम पोखरेल चयन भएका छन् । साधारण सभाले आर्थिक वर्ष २०६३/०६४ देखि आर्थिक वर्ष २०७३/०७४ सम्मको संचालक समितिको प्रतिवेदन पारित गरेको छ ।

साथै, सभाले वासलात लगायत नाफा नोक्सान हिसाब किताव, आर्थिक वर्ष २०७४/०७५ का लागि लेखा परिक्षक नियुक्ती तथा सर्वसाधारणको ६० करोडको लागि साधारण सेयर निष्काशन गर्ने विषयहरु समेत पारित गरेको छ

प्रभु लाइफ इन्स्योरेन्स नेपालको इमर्जिङ समूह, प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानीमा मंसिर २८ गतेदेखि कारोबार संचालनमा आएको नेपालको कान्छो जिबन बिमा कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार