IME Life

बीमा संस्थानको प्रशासकमा प्रधानमन्त्रीको गृह जिल्ला झापाका-कवि प्रसाद पाठक

SPIL
Sanima Reliance

इन्योरेन्स खबर/काठमाडौँ: सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठकलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले शिफारिशको पहिलो नम्बरमा रहेका पाठकलाई प्रशासक बनाएको हो । अन्य प्रतिस्पर्धीमा अर्थ मन्त्रालयका वरिष्ठ तथ्याङ्कशास्त्री डा. डिल्लीराज अर्याल र बुद्धकाजी श्रेष्ठ रहेका थिए।

अर्थ मन्त्रालयले गठन गरेको प्रशासक नियुक्ति तथा शिफारिश समितिले प्रस्ताव आब्हान गर्दा ५ जनाले आवेदन दिएका थिए । व्यवसायीक योजना र अन्तरवार्तापछि समितिले पाठकलगायत ३ जनाको नाम शिफारिश गरेको थियो ।

Crest
Meta Holidays

अर्थमन्त्री डा. युवराज खतिवडाले गत चैत २२ गते मन्त्रीस्तरीय निर्णयअनुसार संस्थानमा प्रशासक छनोट तथा सिफरिस गर्न वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन गरेका थिए । जीवन बिमा कारोबार गर्ने संस्थान पूर्ण सरकारी स्वामित्वमा सञ्चालित छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x