इन्स्योरेन्स खवर/काठमाडौं: प्रदेश नम्वर–७ मा बीमा कम्पनीका शाखा विस्तार तीव्र रुपमा भएको छ । पछिल्लो समयमा जीवन बीमा तथा निर्जीवन बीमा बीमा कम्पनीका शाखा विस्तारले तिव्रता पाएको हो ।
जस अन्तर्गत निर्जीवन बीमा कम्पनीले प्रदेश नम्वर–४ मा ३९ शाखा विस्तार गरेको छ । शाखा विस्तार संगै यस बीमाबाट चैत्र मसान्तसम्म ३२ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै जीवन बीमा कम्पनीका १ सय १५ शाखा रहेको यस प्रदेशमा चैत्र मसान्तसम्म ३१ हजार ३ सय ९ बीमालेख मार्फत ७ अर्व २५ करोड ९६ लाख बीमा शुल्क आर्जन खवर आर्थिक अभियानले छापेको छ ।
प्रदेश नम्वर–७ मा आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि समाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा, मेडिकेयरलगायत कार्यक्रम संचालित छन । चैत्र मसान्तसम्म यस प्रदेशमा स्वास्थ्य बीमा गर्नेको संख्या ३१ हजार १ सय ५९ रहेको छ । त्यस्तै नेपाल सरकारको कृषि बीमा अनुदान तर्फ १ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।