IME Life

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

SPIL
Sanima Reliance

इन्स्योरेन्स खवर/काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

बुधबार एक कार्यक्रमकाबीच इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंकका तर्फबाट सहायक महाप्रबन्धक केशवराज पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Crest
Meta Holidays

सम्झौता अनुसार बैंकका ग्राहकले एभरेष्ट बैंकका सम्पूर्ण शाखाहरुमार्फत आईएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बादे श्रेष्ठले बैंकसँगको सम्झौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकका सबै ग्राहक तथा महानुभावहरुले आफूले बैंकिङ सेवा लिएको बैंकबाट आफूलाई आवश्यक पर्ने निर्जीवन बीमा ढुक्कसँग लिन आव्हान समेत गरे ।

उनले एभरेष्ट बैंकसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्च कोटीको बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्धता जाहेर गरे ।
उक्त सम्झौता कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, नायब महाप्रबन्धक द्धय शरण रेग्मी र पवन थापाको उपस्थिती थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x