IME Life

एनएलजी इन्स्योरेन्सको मुनाफा १६ प्रतिशतले वृद्धि

SPIL
NIC ASIA

इन्योरेन्स खवर/काठमाडौंः एनएलजी इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०७४/०७५ को तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट प्रकाशित गरेको छ ।
स्तरीय सेवाका कारण बीमितहरुको विश्वास हासिल गर्न सफल यस कम्पनीको बीमा व्यवसाय उल्लेखनिय रुपमा निरन्तर वृद्धि हुँदै गएको छ । साथै कम्पनीको मुनाफा वृद्धि भई लगानीकर्ताहरुलाई राम्रै प्रतिफल दिन समेत सफल भएको छ ।

वित्तीय परिणाम अनुसार यस कम्पनीले १५ करोड १० रुपैयाँ भन्दा बढि खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६ दशमलव ३७ प्रतिशतले वृद्धि हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १२ करोड ९७ लाख रुपैयाभन्दा बढि खुद मुनाफा आर्जन गरेको थियो ।
५१ करोडबाट बढाएर चुक्ता पुँजी ६४ करोड ४ लाख रुपैया पुर्याएको यस कम्पनीले जगेडा तथा कोषमा ८ करोड ५७ लाख, बीमा कोषअन्तर्गत ६५ करोड ६८ लाख त्यसैगरि महा–विपत्ती जगेडामा ४ करोड २१ लाख रुपैयाँ भन्दा बढि रकम राखेको छ ।

Prabhu
Crest

कम्पनीले कुल १ अर्व ९ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जनमध्ये पछिल्लो अवधिमा मात्रै ५५ करोड ६० लाख रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन गरेको छ । देशमा भइरहेको न्युन आर्थिक विकासको अवस्थामा यस कम्पनीले तेस्रो त्रैमासिक अवधिसम्म गत वर्षको सोही अवधिको भन्दा ८ दशमलव ३१ प्रतिशतले बीमा शुल्क वृद्धि गर्न सफल भएको छ ।

कम्पनीको जारी बीमालेखको संख्या १ लाख २५ हजार १ सय २ तथा नविकरण गरिएको बीमालेखको संख्या भने १९ हजार २ सय ९३ मात्र देखिएको छ ।
त्यस्तै कुल दावी भुक्तानी रकम ५० करोड रुपैयाभन्दा केही बढि र भुक्तान हुन बाँकी रकम ८१ करोड ८२ लाख रुपैया भन्दा बढि देखिएको छ । सोही अनुरुप कुल भुक्तानी संख्या ३ हजार ४ सय १५ रहेता पनि भुक्तान हुन बाँकी संख्या भने १ हजार ८ सय ५७ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा, मुल्या आम्दानी अनुपात २६ रुपैयाँ ६५ पैसा, प्रतिशेयर नेटवर्थ २ सय २२ रुपैयाँ ५४ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मुल्य ४ सय ९ रुपैयाँ ८७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS