Prabhu Life Ad Final

प्रभु इन्स्योरेन्सको खुद नाफा २२ प्रतिशत बढ्यो

IME PAY

इन्योरेन्स खवर/काठमाडौंM प्रभु इन्स्योरेन्स कम्पनीले पछिल्लो नौ महिनाको अवधिमा १३ करोड ८ लाख बढि खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा यस कम्पनीको खुदनाफा २२ दशमलव ९० प्रतिशतले बृद्धि हो । कम्पनीले गत आर्थिक वर्षमा १० करोड ६४ लाख बढि खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले यस त्रैमासिक अवधिमा कुल ६५ करोड ३८ लाख बीमा शुल्क आर्जन गरेको थियो भने अघिल्लो ४२ करोड ४४ लाख रुपैया आर्जन गरेको थियो । ६८ करोड ८४ लाख रुपैया चुक्ता पुँजी रहेको यस कम्पनीले जगेडा कोषमा ९ करोड ४७ लाख रुपैया, बीमा कोष ३९ करोड ५९ लाख रुपैया राखेको छ ।

NCHL

त्यस्तै ५२ हजार ५ सय १३ बीमालेख संख्या जारी भएकोमा २३ हजार २ सय ५२ बीमालेख नवीकरण नभएको प्रकाशित रिपोर्टमा उल्लेख छ । यो अवधिमा २५ करोड ५८ लाख रुपैया कुल दावी भुक्तानी भएको छ भने भुक्तानी हुन दावी रकम ११ करोड २६ लाख रुपैया भन्दा केही बढि देखिन्छ ।

त्यसैगरि महा–विपत्ती जगेडा अन्तर्गत ६ करोड रुपैया भन्दा बढि रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैया, प्रतिशेयर नेटवर्थ १ सय ७१ रुपैया, मुल्य आम्दानी अनुपात ३५ रुपैया र प्रतिशेयर कुल सम्पत्तिको मुल्य २ सय २६ रुपैया रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x