IME Life

खुल्यो रैराङ हाइड्रोको आइपिओे, कहाँबाट कति दिने आवेदन

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौंः रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर आजबाट निष्कासन भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित ८ करोड ४० लाख रुपैयाँ बराबरको आइपिओको बिक्री खुल्ला गरेको हो ।

कम्पनीले निष्कासन गरेको ८ लाख ४० हजार कित्ता सेयरमध्ये ३३ हजार ६ सय कित्ता संस्थाका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । बाँकी ७ लाख ६४ हजार ४ सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

Prabhu
Crest

आइपिओमा वैशाख ३१ गतेदेखि छिटोमा जेठ ३ गतेसम्म र ढिलोमा जेठ २९ गतेसम्म आवेदन गर्न पाईने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँदेखि अधिकतम ४ हजार २ सय कित्ता अर्थात चार लाख २० हजार रुपैयाँसम्मको आवेदन दिन पाउने छन् ।

आइपिओमा इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट, रैराङ हाइड्रो डेभलपमेन्ट प्रालि थापाथली र नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सि आश्वा मार्फत आवेदन दिन सक्नेछन् ।

त्यस्तै मेरो सेयरका प्रयोगकर्ताले घरमै बसीबसी इन्टरनेटको माध्यमबाट पनि कम्पनीको सेयरमा आवेदन गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS