GBIME
IME Life

सिद्धार्थ इन्स्योरेन्सको नाफा २८ प्रतिशतले बढोत्तरी, अन्य सूचकको अवस्था के ?

SPIL
NIC ASIA new
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौंः चैत मसान्तसम्ममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड २८ दशमलव ८१ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले चालू आर्थिक वर्षको सो अवधिमा नाफा बढाएर १८ करोड पुर्याएको हो ।

६४ करोड १४ लाख २१ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले जगेडा तथा कोषमा भने १२ करोड ७ लाख ११ हजार रुपैयाँ राखेको छ । समिक्षा अवधिमा कम्पनीले बीमा कोषमा ५० करोड २९ लाख रुपैयाँ छुट्याएको छ भने महाविपत्ती जगेडा ६ करोड ३६ लाख ९९ हजार रुपैयाँ सञ्चित गरेको छ ।

SKYWELL
Crest

यो अवधिमा कम्पनीले ६५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गतवर्षको सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ५३ करोड ५५ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले सो अवधिमा ३१ करोड ७८ लाख ८७ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

हालसम्म ८४ हजार ८ सय ९५ बीमालेखबाट १ अर्ब २९ करोड ५८ लाख ६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको सिद्धार्थ इन्स्योरेन्सले ४ हजार ११० बीमालेखको ७३ करोड २ लाख ३४ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीमा २ हजार ६ सय २१ बीमालेखको ५८ करोड ५१ लाख ५७ हजार रुपैयाँ भने दाबी भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।

कम्पनीमा २२ हजार ५ सय ८८ बीमालेख भने नविकरण नगरिएको देखिन्छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS