IME Life

नेप्से सुचक घट्यो, नेपाल लाईफको सर्वाधिक कारोबार

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौंः साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार परिसुचक नेप्से घटेरै बन्द भएको छ । बुधबार करिब ५ अंकले ओरालो लागेको बजार बिहीबार ७ दशमलव ७० अंकले घटेर १ हजार ३ सय ४८ दशमलव ४५ अंकमा पुगेर बन्द भएको छ ।

नेप्से करिब ८ अंक झर्दा ३५ करोड ८८ लाख ४४ हजार २६० रुपैयाँको ७ लाख ७३ हजार २ सय १० कित्ता सेयर खरिदबिक्री भएका छन् । बुधबार बजारमा ३४ करोड ७ लाख शेयर कारोबार भएको थियो ।

Crest
Meta Holidays

आज सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्सको सेयर किनबेच भएको छ । कम्पनीको २ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यसैगरी बुटवल पावर कम्पनी, स्वालम्बन लघुवित्त, एनएमबि बैंक, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्सको एक करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका सबै सुचक राताम्मे भएका छन् । जसमध्ये बीमा समूह सबैभन्दा बढी ६९ दशमलव २८ अंकले घटेको छ । त्यस्तै होटल समूह ३१ दशमलव ३२ अंकले, जलविद्युत २५ दशमलव ६३ अंकले घटेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x