GBIME
IME Life

प्रिमियर इन्स्योरेन्सको बोनस सेयर सुचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौंः प्रिमियर इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल धितोपत्र बोर्डमा सुचिकृत भएको छ । कम्पनीको ६ लाख ९५ हजार ३ सय ९७ कित्ता सेयर बुधबार बोर्डमा सुचीकृत भएको हो ।

कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको १३ दशमलव ५२ प्रतिशतका दरले ६ करोड ९५ लाख रकम बराबरको बोनस सेयर वितरण गरेको हो । कम्पनीले एफपिओले समेत पाउनेगरि बोनस वितरण गरेको थियो ।

SKYWELL
Crest

नेपाल धितोपत्र बोर्डमा  सुचीकृत भएको कम्पनीको बोनस नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत हुन भने बाँकी छ ।

प्रिमियरले पुस १६ देखि १९ गतेसम्म प्रिमियम सहित ७९९ रुपैयाँमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो । एफपिओपछि जारीपश्चात ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी पुगेको कम्पनीको बोनस वितरणपश्चात ५८ करोड ४० लाख १५ हजार रुपैयाँ चुक्तापूँजी पुगेको छ ।

बीमासमितिले दिएको निर्देशन अनुसार कम्पनीले आगामी असार मसान्तसम्म चुक्तापूँजी १ अर्ब पुर्याउनु पर्ने छ । यसका लागि कम्पनीले करिब ४२ करोड रुपैयाँ पूँजी थप गर्नुपर्ने देखिन्छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS