प्राइम लाइफको पौने ३ लाख कित्ता सेयर लिलामीमा

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौंः प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रदमा बिक्री नभएको साधारण हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

चुक्तापुँजी बढाउन गत फागुन २७ देखि बैशाख ३ गतेसम्म १६० प्रतिशत हकप्रद बिक्री खुला गरेको प्राइमले हकप्रदमा सबै सेयर बिक्री नभएपछि बाँकी हकप्रद लिलामी गर्न लागेको हो ।

कम्पनीको २ लाख ७१ हजार ९ सय ७८ कित्ता साधारण सेयर जेठ २ गते बुधवारदेखि बोलकबोलमार्फत बिक्री खुला गर्ने भएको हो ।

इच्छुक लगानीकर्ताले बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स नयाँ बानेश्वर तथा लक्ष्मी बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट जेठ ९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार