इन्स्योरेन्स खबर/काठमाडौंः ग्लोबल आईएमई बैंक लि. र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लाइफ इन्स्योरेन्स कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता पछि ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को जीवन बीमा बीमालेखहरु खरिद गर्न पाउने छन् । साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।