IME Life

नेपाल लाइफ इन्स्योरेन्सको तेश्रो त्रैमाशिकको नाफा ४३ करोड ५७ लाख, बिमा कोष थप मजबुद बन्दै

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको तेश्रो त्रैमाशिक सम्मको नाफा अघिल्लो आर्थिक बर्षको सोही समयको भन्दा ६.३७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ४३ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको चैतसम्म नेपाल लाइफले ८२ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ५४ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो । बिशेषत जिबन बिमा कम्पनी हरुको एक आर्थिक वर्षको प्रतिबेदनको बिमाङ्किय मुल्यांकन/एक्चुरि गरे पछि मात्र वास्तविक मुनाफाको हिसाब-किताब निस्किन्छ, तसर्थ बिमाङ्किय मुल्यांकन/एक्चुरि पछि कम्पनीको मुनाफामा फरक पर्न सक्ने कम्पनीले जनाएको छ ।

Crest
Meta Holidays

कम्पनीले संचालनको समय दखि हालसम्म ६३ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आवमा मात्रै १० अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीसंग हालसम्म ११ लाख १२ हजार ५७९ बीमालेख रहेको छ। कम्पनीको जगेडा कोषमा ३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । जीवन बीमाको क्षेमा सशक्त कम्पनी नेपाल लाईफको जीवन बीमा कोष झण्डै आधा खर्ब पुग्न लागेको छ । ११ लाख १२ हजार भन्दा बढी बिमितबाट संकलन गरिएको प्रिमियम र लगानीबाट प्राप्त रकमको हिसाबका आधारमाा बिश्लेषण गर्दा जीवन बीमाको क्षेत्रमा नेपाल लाईफ नेपालको अग्रणी जीवन बिमा कम्पनी रहेको देखिन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x