खुल्दै गरेको नेपाल जनरल इन्स्योरेन्सको महाप्रवन्धकमा एसके टमोट नियुक्त

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौं: नेपाल जनरल इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा एस के टमोट नियुक्त भएका छन् । स्थापनाको क्रममा रहेको यस कम्पनीमा टमोटले गत सातादेखि जिम्मेवारी समालेका छन् ।

टमोट करिव चार वर्षअघि सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृृत भएका थिए । जनरल इन्स्योरेन्स तर्फ यूनाईटेड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र नयाँ जीवन बिमा कम्पनी रिलायन्स लाइफ इन्स्योरेन्स लगायत विभिन्न बीमा कम्पनीहरुमा करिव चार दशक कार्य गरेका टमोटसँग बीमाको प्राविधिक तथा व्यवस्थापकिय विषयमा राम्रो ज्ञान भएको जानकारहरु बताउँछन् ।

बीमा समितिबाट दुई महिनाअघि लाइसेन्स पाएको यस कम्पनी आगामी जेठ महिनाभित्र सञ्चालनमा आउने तयारीमा जुटेको छ ।

एक अर्ब रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीमा प्रवद्र्धकले ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् भने ३० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार