IME Life

रैराङ हाइड्रोको आईपीओ वैशाख ३१ गतेदेखि निष्कासन हुने

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख २० । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर वैशाख ३१ गतदेखि निष्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारण र कर्मचारीका लागि ८ करोड ४० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको हो ।

यसअघि आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको कम्पनीले अहिले कर्मचारी र सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो ।

Crest
Meta Holidays

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा कर्मचारी र सर्वसाधारणलाई ८ लाख ४० हजार कित्ता आइपीओ निष्कासन गर्ने लागेको हो । कम्पनीले ३३ हजार ६ सय कित्ता संस्थाका कर्मचारी र ४२ हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको जनाएको छ । आम सर्वसाधारणले ७ लाख ६४ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँदेखि अधिकतम ४ हजार २ सय कित्ता अर्थात चार लाख २० हजार रुपैयाँसम्मको आवेदन दिन पाउने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटले जनाएको छ । आईपीओमा वैशाख ३१ गतेदेखि छिटोमा जेठ ३ गतेसम्म र ढिलोमा जेठ २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा एनआइबिएल एस क्यापिटल लाजिम्पाट, रैराङ हाइड्रो डेभलपमेन्ट प्रालि थापाथली तथा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तिय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x