IME Life

परिसुचक वृद्धिसँगै कारोबारमा देखियो ५० % बढोत्तरी, माइक्रोफाइनान्समा लगानीकर्ताको विशेष आकर्षण

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख २० । साताको अन्तिम दिन सेयर बजार परिसुचक नेप्से सकारात्मक रहेर बन्द भएको छ । बुधबार दोहोरो अंकले बढेको बजार बिहीबार ५ दशमलव ७७ अंकले बढेर १ हजार ३ सय ६६ दशमलव १५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

यसदिन नेप्से परिसुचकसँगै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । बुधबार ३८ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा आज १६९ कम्पनीको ७६ करोड ८३ लाख ७२ हजार २९३ रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५० प्रतिशतले बढी हो ।

Crest
Meta Holidays

बीमा समूहमा ७५ अंकको वृद्धि

आज कारोबारमा आएका नौ समूहमध्ये होटल र अन्य बाहेकका सबै समूहमा वृद्धि देखिएको छ । जसमध्ये बीमा समूह ७५ दशमलव ६२ अंकले बढेको छ । त्यस्तै जलविद्युत समूह १७ दशमलव १ अंकले, लघुवित्त समूह १६ दशमलव ५५ अंकले, उत्पादन तथा प्रशोधन समूह १० दशमलव ६ अंकले, विकास बैंक समूह ३ दशमलव ४९ अंकले र बैंकिङ समूह ३ दशमलव ५५ अंकले बढेका छन् ।

 

लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण

साताको अन्तिम कारोबारका दिन अधिकांश लघुवित्त कम्पनीको सेयर भाउ बढेको छ । समग्र बजार ५ अंक अर्थात शुन्य दशमलव ४२ प्रतिशतले वृद्धि हुँदा सुर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ दशमलव ५२ प्रतिशतले बढेको छ । त्यस्तै महिला सहयात्रा माइक्रोफाइनान्सको सेयर मुल्य ७ दशमलव ८९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सेयर मूल्य बढ्ने दश कम्पनीमध्ये सात लघुवित्त कम्पनी रहेका छन् । जसमा सर्योदय, महिला सहयात्रा साथै सिभिल लघुवित्त, समता माइक्रोफाइनान्स, ग्लोबल आईएमई लघुवित्त, स्वदेशी लघुवित्त र किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।

नेपाल बैंकको सर्वाधिक कारोबार, गुमाउनेमा मितेरीका लगानीकर्ता

बिहीबार नेपाल बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । पछिल्लो समय एफपीओ निष्कासन गर्ने खबरका कारण निकै चर्चा पाएको बैंकको आज ५ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयर ४ करोडभन्दा बढीको कारोबार भएको छ । आज गुमाउनेमा भने मितेरी डेभलपमेन्टका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मुल्य ५ दशमलव ११ प्रतिशतले घटेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x