फलफुल बीमाबाट १४ करोड बढि बीमाङ्क संकलन

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर, काठमाडौं, वैशाख १९ । आर्थिक वर्ष २०७४/०७५ को पछिल्लो आठ महिनासम्म फलफुल बीमाबाट १४ करोड ३ लाख ६५ हजार ५ सय ४१ बरावरको बीमाङ्क संकलन गरेको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार सबैभन्दा बढि कार्तिक महिनामा ७ करोड ६ लाख ९६ हजार ३ सय ६५ बीमाङ्क संकलन गरेको देखिएको छ । मासिक बीमाङ्कलाई तुलना गर्दा सबैभन्दा कम भदौ महिनामा ४७ लाख ९५ हजार ६ सय ५० को बीमाङ्क संकलन गरेको तथ्याङ्कमा उल्लेख छ । सोही अवधिमा करिव ६३ लाख ४० हजार ४ सय ११ बराबर बीमा शुल्क आर्जन गरेको छ भने ४७ लाख ५५ हजार ३ सय ८ बराबरको रकम अुनदान पाएको छ ।

फलफुल बीमा अन्तर्गत सबैभन्दा बढि अनुदान कार्तिक महिना २२ लाख ८५ हजार २ सय ८७ बराबर देखिन्छ भने सवैभन्दा कम अनुदान फागुन महिनामा १ लाख ८२ हजार २ सय २५ रुपैया देखिन्छ ।

त्यस्तै पछिल्लो फागुन मसान्तसम्मको तुलना गर्दा फलफुल बीमा अन्तर्गत दाबी रकम १८ लाख ४३ हजार ५ सय ४६ रुपैया रहेको छ । तुलानात्मकरुपमा भदौ, कार्तिक र फागुन महिनामा दाबी रकम नपरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यसबाहेक मंसिर महिनामा सवैभन्दा बढि दाबी रकम ७ लाख ४४ हजार ९ सय र सबैभन्दा कम माघमा १७ हजार ३ सय रुपैया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार