नेको इन्स्योरेन्सको ९९ हजार कित्ता सेयर लिलामीमा बिक्री खुल्ला

Citizen Life Insurance Co

काठमाडौं, वैशाख १९ । नेको इन्स्योरेन्स कम्पनीको ९९ हजार ९४९.११ कित्ता सेयर लिलामी खुल्ला भएको छ । कम्पनीको संस्थापक समूहको ४ हजार ६३.८७ कित्ता र सर्वसाधारण समूहको ९५ हजार ८८५.२४ कित्ता सेयर बुधबार (वैशाख १९ गते) देखि बिक्री खुल्ला भएको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीले माघ २६ देखि चैत १ गतेसम्म २ः१ अनुपातमा ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार