IME Life

विदेशीनेको संख्यामा कमी आएसँगै घट्यो ‘म्यादी बीमा’

SPIL
NIC ASIA

काठमाडौं, वैशाख १९ । म्यादी बीमा गर्नेको संख्यामा पछिल्लो समयमा निकै कमी आएको छ । बीमा समितिले दिएको तथ्याङ्कलाई हेर्दा विगतका तुलनामा म्यादी बीमा गर्नेको संख्या कम देखिएको हो ।

चालु आर्थिक वर्षको पछिल्लो आठ महिनासम्म कुल १८ लाख २६ हजार ९८ जनाले वैदेशिक रोजगार (म्यादी) बीमा गरेको बीमा समितिले जनाएको छ । फागुन महिनामा मात्र ७३ हजार ८ सय ८ जनाले वैदेशिक रोजगार बीमा गरेको छन । तर अघिल्लो माघ महिनामा भने वैदेशिक रोजगारी बीमा गर्नेको संख्या केही बढि देखिन्छ । सो महिनामा कुल ८८ हजार ९ सय ९२ जनाले बीमा गरेका थिए । जुन अघिल्लो महिनाको तुलनामा फागुन मसान्तसम्ममा१५ हजार १ सय ८४ ले कमी हो ।
वैदेशिक रोजगारीमा जाँदा अनिवार्य गर्नुपर्ने बीमा वैदेशिक रोजगार बीमा अर्थात म्यादी बीमामा हो । पछिल्लो समय विदेशीनेको संख्यामा कमी आएसँगै बीमा गर्नेको संख्यामा पनि कमी आएको हो ।

Prabhu
Crest

मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहको सरकारहरुले रोजगारीको सृजना गर्ने अपेक्षामा युवाहरुको वैदेशिक मोह कम हुनाले पनि म्यादी बिमा घट्दोक्रममा रहेको श्रम विभागका एक उच्च अधिकारीले बताए । मुलुक संघीयतामा गइसकेको अवस्थामा आर्थिक गतिविधि बढ्ने तथा रोजगारी सृजनाका क्रियाकलापहरू स्थानीय तहमै पाईने अपेक्षाका कारण पछिल्लो समयमा वैदेशिक रोजगारीका लागि जानेको संख्या पनि कम हुँदै गएको उनले बताए ।

६ महिनाभित्र विदेश नगए स्वतः रद्द

२०६४ देखि नेपालमा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गर्नुपर्ने व्यवस्था सुरु भएको हो । विदेशमा जाने कामदार असुरक्षित बन्दै गएपछि सरकारले जारी गरेको वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा बीमा गर्नुपर्ने व्यवस्था छ ।

बीमा समितिले वैदेशिक रोजगारी ९म्यादी० जीवन बिमामा पछिल्लो पटक केही परिमार्जन गरेको छ । समितिले २०७५ वैशाख १ देखि लागू हुनेगरी बीमालेख खरिद गरेका कामदार ६ महिनासम्ममा पनि विदेश नगए बिमालेख स्वतः रद्द हुने व्यवस्था गरेको छ । वैदेशिक रोजगार म्यादी जीवन बिमा खरिद बिक्रीमा अनियमितता हुने सक्ने भन्दै समितिले बिमालेख परिमार्जन गरेको बीमा समितिले जनाएको छ । बिमालेख रद्द गर्दा कम्पनीले ५ सय रुपैयाँ कट्टा गरी बाँकी बिमाशुल्क फिर्ता दिनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS