IME Life

बीमा अर्थतन्त्रको ‘ब्याक अफ द बोन’ हो : चंकी क्षेत्री, सिइओ-सगरमाथा इन्स्योरेन्स

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौंः नेपालको निर्जीवन बीमा कम्पनीहरुमध्येको अग्रणी बीमा कम्पनी हो, सगरमाथा इन्स्योरेन्स कम्पनी । कम्पनीका प्रमुख लगानीकर्ताहरुमा गोल्छा अर्गनाइसेसन, साल्ट ट्रेडिङ कर्पोरेसन, ज्योती समुह, मदनलाल चिरन्जिलाल ग्रुप अफ कम्पनी, सनराइज बैंक लगायत रहेका छन्।

सगरमाथा इन्स्योरेन्स कम्पनी श्रीलङ्काको ‘सिलिन्को इन्स्योरेन्स कम्पनी’ को ज्वाइन्ट भेन्चरको रुपमा रहेको छ। सगरमाथामा सिलिन्कोको २० प्रतिशत शेयर स्वामित्व छ। कम्पनीले छिटो छरितो सेवा उपलव्ध गराउने उद्देश्यले सगरमाथा भिआइपी अन द स्पट योजना ल्याएको छ।कम्पनीले घटनास्थलमा तत्काल आफ्ना सर्भेयर पठाउने तथा मिले सम्म घटना अनुसार क्लेम पनि अन द स्पट दिने गरेको छ ।

Prabhu
Crest

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७२ सालमा गएको भूकम्पबाट भएको क्षतिको कारणबाट परेका दाबीहरुमध्ये सबैभन्दा ठूलो क्षति सम्बन्धी दाबीको रु. ३१ करोड भुक्तानी गरेको थियो । भूकम्पबाट भएको क्षतिको कारणबाट परेका दाबीहरुमध्ये कम्पनीबाट कुनै एक बिमालेखमा गरिएको यो नै सबैभन्दा ठूलो रकमको दाबी भुक्तानी थियो। अन्य कम्पनीको तुलनमा भुकम्पले अलि बढी प्रभावित भएको सगरमाथा इन्स्योरेन्सको वर्तमान अवस्था र निर्जीवन बीमा कम्पनीहरुको अहिलेको सम्भावना र चुनौती कस्ता छन् ? कम्पनीको पछिल्लो समसामयिक विषयवस्तुहरुका सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत-चंकी क्षेत्रीसँग इन्स्योरेन्स खबरका समाचार सम्पादक चन्दा कार्कीले गरेको कुराकानीको अंश:-

चंकी क्षेत्री, सिइओ-सगरमाथा इन्स्योरेन्स

तपाई लामो समयदेखि बीमा क्षेत्रमा क्रियाशील हुनुहन्छ , बीमालाई कसरी हेर्नुभएको छ ?
बीमा जोखिम हस्तारन्तरण अर्थात जोखिम व्यवस्थापन हो । जीवन वा निर्जीवन सबैमा जोखिम रहेको हुन्छ । जोखिमको व्यवस्थापन बीमाले नै गर्छ । पछिल्लो समय नेपालमा पनि बीमाप्रति जनचासो बढ्दै गएको मैले पाएको छु ।

अहिले बीमा विशेष निर्जीवन बीमा कम्पनीको उपस्थित कस्तो पाउनु भएको छ ?
बीमा जोखिम हस्तारन्तरण हो । निर्जीवन बीमाप्रति पनि धारणा सकारात्मक नै छ । बीमा कम्पनीहरुपनि अहिले दुर्गम गाउँहरुसम्म पुग्ने क्रममा रहेका छन् । मुलुकसंघीय स्वरुपको नयाँ संरचना गएको अवस्थामा बीमा कम्पनीहरु पनि सोही अनुसार शाखा सञ्जाल विस्तार गरेर अगाडि बढेका छन् ।

यहाँले बीमाको क्षेत्र विस्तार हुने क्रममा रहेको भनिरहँदा तथ्यांकले भने त्यस्तो देखाउँदैनन नि ?
हो, बीमा क्षेत्र जति विस्तार हुनुपथ्र्यो त्यति हुन सकेको छैन् । यद्यपी विगतका तुलनामा पछिल्लो ४ वर्ष भित्रमा बीमाको व्यवसाय राम्रो भएको छ । अहिले नियामक निकाय बीमा समितिले पनि कम्पनीहरुलाई रिमोट एरियामा पनि सेवा विस्तार गर्न निर्देशन दिएको छ । यो सँगै कम्पनीहरु पनि दुर्गम भेगसम्म आफ्नो सञ्जाल विस्तार गर्दै गएका छन् ।

जीवनको तुलनामा निर्जीवनमा बीमाप्रति जनचासो पनि कम देखिन्छ, जनचेतना नभएर हो कि ?
हो, जीवन बीमाको तुलनामा निर्जीवन बीमालाई त्यति महत्व नदिएजस्तो देखिन्छ । यद्यपी विगतका तुलनामा यसप्रति हेर्ने दृष्टिकोणमा पनि फरक आएको छ । २०७२ मा गएको विनाशकारी भुकम्पले नमानसमा बीमा गर्नुपर्ने रहेछ भन्ने चेतना जाग्रित गराएको छ । ग्रामीण भेगसम्म पनि बीमाबारे चर्चा परिचर्चा हुन थालेको छ । यद्यपी भुकम्प लगत्तै जुन रुपमा बीमा गर्नुपर्छ भनिएपनि व्यवसाय भने सो अनुपातमा वृद्धि भएको छैन् ।

नेपाली बजार सुहाउँदा पोलिसीहरु नभएको पनि गुनासो सुनिन्छ नि ?
पोलिसी नेपाल सुहाउँदो नभएको भन्ने जस्तो मलाई लाग्दैन् । जोखिम भनेको जोखिम नै हो । यद्यपी, केही वर्ष अगाडि हेर्दा अन्तराष्ट्रिय बजारमा भएका पोलिसी नै हाम्रो बजारमा थिए । कतिपय अवस्थामा त्यो गुनासो सत्य थियो । तर अहिले बीमाको परिवेशमा परिवर्तन आइसकेको छ । बीमा कम्पनीले नेपालको बजार सुहाउँदो पोलिसी नै बिक्री गरेका छन् । नेपाल कृषि प्रधान देश हो अहिले कृषिलाई नै विशेष प्राथमिकतामा राखेर कृषि बाली बीमा, पशुपन्छि बीमा लगायतका पोलिसीहरु बजारमा छन् । त्यसमा कृषकको आकर्षण पनि बढेको छ । सरकारले नै प्रिमियममा अनुदानको व्यवस्था गरेसँगै गाई भैंसी, माछाहरुको बीमाको व्यवसाय पछिल्लो समय निकै राम्रो देखिएको छ ।

सरकारी अनुदानको कुरा गर्दा, सरकारले समयमा बीमा कम्पनीलाई प्रिमियम नतिरेको गुनासो पनि सुनिन्छ, यो सत्य हो ?
सरकारी प्रक्रिया अलि झन्झटिलो पनि हुने हुँदा ढिलासुस्ती हुने गर्छ । यद्यपी, हामी बीमा कम्पनीले हामीले दिनुपर्ने दाबी भुक्तानी समयमा नै दिंदै आएका छौं । नेपाल एउटा कृषि प्रधान देश हो । यसर्थ सरकारले कृषिमा फोकस गर्न यस्ता खाले सहुलियत दिनु सकारात्मक कुरा हो ।
फेरि व्यवसाय गर्दा सबै ठाउँमा नाफा हुनुपर्छ भन्ने छैन । यसर्थ हामीले समयमा नै दाबी सेटलमेन्ट गर्दै आएका छौं । यसले गर्दा कृषकहरु पनि निकै खुसी हुनुहुन्छ । त्यसमा पनि विदेश बसेर आउनु भएका युवाहरुमा कृषि व्यवसायमा बीमा गर्नुपर्छ भन्ने चेतना बढेको छ ।

सगरमाथा इन्स्योरेन्स दुई दशकदेखि बीमा क्षेत्रमा क्रियाशील रहेको छ, बीमा क्षेत्रमा कम्पनीले पाएका उपलब्धी के छन् ?
पोलिसीमा प्राय सबै कम्पनीको उस्तै नै हुन्छन् । हामीले गरेको भनेको ग्राहकलाई कसरी छिटो छरितो सेवा दिने भन्ने हो । निर्जीवन बीमा कम्पनीहरुमध्ये सगरमाथा इन्स्योरेन्स सबल र सक्षम बीमा कम्पनी हो । कम्पनीले बीमा व्यवसायमा राम्रो छाप छोड्न सफल भएको छ । विशेषगरी भुकम्पपश्चातको सेटलमेन्टले कम्पनीप्रति थप विश्वास प्राप्त भएको छ ।

भुकम्पको ३ वर्ष बितिसकेको छ, अन्य कम्पनीको तुलनामा सगरमाथामा अलि बढी दाबी परेको थियो, भुक्तानीको अवस्था के छ ?
बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्दैनन् भन्ने जुन आरोप थियो, त्यो आरोप मात्रै हो भन्ने कुरा दाबी भुक्तानीले प्रस्ट पारेको जस्तो मलाई लाग्छ । अहिलेको अवस्थामा करिब÷करिब शत प्रतिशत नै दाबी भुक्तानी भइसकेको छ । सगरमाथा इन्स्योरेन्सको कुरा गर्दा पनि ठूला २५÷२६ वटाको दाबी परेको थियो । अन्य सबै दाबी भुक्तानी भइसकेको छ र मात्रै होराइजनमा केही प्राविधिक समस्याका कारण केही ढिला भएको थियो । अहिले त्यसको पनि भुक्तान भइसकेको अवस्था छ ।

भुकम्पपछि बीमाको महत्व अलिबढी बुझेजस्तो देखिएको छ, बिजनेश चाँही कस्तो देखिएको छ ?
भुकम्पले बीमाप्रति मानिसहरुमा सकारात्मक धारणा जगाइदियो । तर जसरी व्यवसायमा वृद्धि हुनुपथ्र्यो त्यस्तो भने देखिएको छैन् । गत वर्षमा बीमा व्यवसायमा २० देखि २५ प्रतिशतको ग्रोथ थियो । र अहिले पनि सो अनुपातमा बीमा व्यवसायको वृद्धि हुने मैले देखेको छु । त्यस्तै सगरमाथा इन्स्योरेन्सको कुरा गर्दा व्यवसाय औसत ३० प्रतिशतको वृद्धि छ ।

कम्पनीको हालको वित्तीय अवस्था कस्तो छ ?
सगरमाथा इन्स्योरेन्स कम्पनी बीमा क्षेत्रको अब्बल इन्स्योरेन्स कम्पनी हो । भुकम्प अगाडिको कुरा गर्ने हो भने सगरमाथा इन्स्योरेन्स अन्य कम्पनीको तुलनामा निकै ‘स्ट्रोङ’ कम्पनी हो । तर भुकम्पमा अन्यको तुलनामा बढी दाबी परेकोले केही सेटलमेन्ट गर्न तिर लाग्यौं । अहिले हामीले भुकम्पको दाबी भुक्तान पनि गरिसकेका छौं । व्यवसायको विस्तार पनि राम्रो छ ।  भुकम्पपश्चातपछिको वर्षमा हामीले सेयरधनीलाई लगातार २० र २५ प्रतिशत बार्षिक रिटर्न दिएका थियौं ।

सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले आगामी दिनमा कस्तो खालको रिटर्नको अपेक्षा गर्न सक्छन् ।
गतवर्ष हामीले कुनै पनि लाभांश वितरण गरेका छैनौं । गतवर्षको साढे १६ करोड बराबरको रकम लाभांश वितरण गर्न योग्य रकम हामीसँग रिजर्भमा छ र चालू वर्षको कमाईबाट दुई वर्षको लाभांश एकमुष्ठ दिने हाम्रो तयारी छ । बीमा समितिले आव २०७५ को असार मसान्तमा निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पूँजी पुर्याउन निर्देशन दिएको छ । हाल कम्पनीको चुक्तापूँजी ५३ करोडमाथि रहेको छ । पूँजीवृद्धिका लागि हामीले बोनस र हकप्रदबाट पुर्याउने योजनमा छौं ।

बीमा कम्पनीहरुले देशको अर्थतन्त्रमा कस्तो भुमिका खेल्छन् ?
अहिले जीडिपीमा बीमा क्षेत्रको २ प्रतिशतभन्दा बढी योगदान रहेको छ । जुनसुकै मुलुकको मुलुकको अर्थतन्त्रको ‘ब्याक अफ द बोन’का रुपमा बीमा रहेको हुन्छ । जति आर्थिक क्रियाकलाप बढ्दै जान्छ, त्यति नै बीमाको योगदान पनि बढ्छ । कुनैपनि देशका आर्थिक समृद्धि हेर्दा शिक्षासँगै बीमामा जनसख्याको पहुँच कति छ भन्ने कुरामा मापन गरिएको हुन्छ ।

अहिले करिब १० प्रतिशत जनतामा बीमाको पहुँच पुगेको भनिएको छ । यद्यपी त्यसको पनि यकिन तथ्यांक छैन् । जीवनबीमाको कुरा गर्दा वैदेशिक बीमालाई जोड्दा करिब १२ प्रतिशत जनताको पहुँचमा पुगेको भनिएको छ । यस हिसाबले बीमा व्यवसाय निकै व्यापक छ । राजनीतिक अस्थितरताको अन्त्यसँगै हाल स्थायी सरकार आइसकेको अवस्थामा बीमा क्षेत्रमा पनि विकास र विस्तारका प्रशस्तै आधार रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS