IME Life

वीरगञ्ज पुग्यो सन नेपाल लाइफ, थप ३ नयाँ पोलिसी ल्याउने तयारी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १७ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा वीरगञ्जमा १८ औं शाखा स्थापना गरेको छ । आइतवार एक कार्यक्रमबीच कम्पनीका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले शाखाको उद्घाटन गर्नुभयो ।

शाखा उद्घाटनका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले कम्पनीले कम बिमाङ्क रकममा बिमितहरूको अधिकतम सुरक्षालाई व्यवसाय विस्तारको रणनीति बनाइएको बताउनुभयो । उहाँले अहिले बीमालेखका ५ प्रकारका पोलिसी ल्याइएकोमा निकट भविष्यमा थप ३ ओटा नयाँ पोलिसी ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो ।

Crest

कम्पनीका महाप्रबन्धक कमलराज गौतमले गत असोजबाट व्यवसाय शुरु गरेको सो कम्पनीले नयाँ जीवन बीमा कम्पनीमध्ये सर्वाधिक नाफा आर्जन गरेको दाबी समेत गर्नुभयो । उहाँले पुस मसान्तसम्ममा ८ करोड १० लाख रुपैयाँ आय आर्जन गर्न सफल भएको जानकारी दिनु भयो ।

दुई अर्ब रुपैयाँ अधिकृत पूँजीमा खुलेको कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ४० करोड र्पुयाइसकेको छ । बाँकी ६० करोड रुपैयाँको सर्वसाधारणका लागि शेयर जारी गरिने बताउनुभयो ।

कार्यक्रममा ब्राण्ड एम्बेस्डर कट्टेलले घिमिरेले भविष्यको सुरक्षा लागि बीमा अनिवार्य भएको उल्लेख गर्दै कम्पनीको व्यावसायिक सफलताको शुभकामना दिनुभएको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS