IME Life

प्रभावकारी बन्दै ‘पशु–पन्छी बीमा’, आठ महिनामै ५ अर्ब बीमाङ्क संकलन

SPIL
NIC ASIA

काठमाडौं, वैशाख १६ । कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रम पछिल्लो पटक निकै प्रभावकारी बन्दै गएको छ । सरकारले विशेष जोड दिएको यो बीमामा सरकारले किसानले तिर्नु बीमा प्रिमियम बापतको ७५ प्रतिशत रकम सरकारले तिर्ने भएपछि कृषकहरुका त्यसतर्फ आकर्षण बढेको हो ।

पशु धनीहरुले आफ्नो पशुहरुमा हुन सक्ने जोखिमवाट सुरक्षित रहन गरिने बीमा नै पशु बीमा हो । सरकारले कृषकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा उन्नत प्रविधि अपनाउन, लगानी बढाउन, आफ्नो व्यसायलाई विस्तार गर्न, लगानीको सुरक्षित र जोखिम कम गर्नेको लागि निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमा अन्र्तगत पशु बीमा योजनाहरू संचालनमा ल्याएसंगै पछिल्लो समयमा प्रभावकारी बन्दै गएको हो ।

Prabhu
Crest

आर्थिक वर्षको पछिल्लो आठ महिनामा पशु–पन्छी बीमा अन्तर्गत ५ अर्ब ३ करोडभन्दा बढिको बीमाङ्क संकलन भएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को फागुन मसान्तसम्म पशु–पन्छी बीमाबाट कुल ५ अर्व २ करोड ८० लाख ९३ हजार ८ सय २३ रुपैया बराबरको बीमाङ्क संकलन गरेको हो । बीमा समितिको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार पशु बीमा तर्फ करिव ४ अर्व २८ करोड ४० लाख भन्दा बढि र पन्छी बीमा अन्तर्गत करिव ७४ करोड ४० लाख बढि बीमा संकलन गरेको छ ।

पशु बीमा

पशु बीमा अन्तर्गत फागुन मसान्तसम्मको कुल ४ अर्व २८ करोड ४० लाख ७६ हजार ५सय १० रुपैयामध्ये सबैभन्दा बढि भदौ महिनामा ८४ करोड २६ लाख ७० हजार ६ सय बीमाङ्क संकलन भएको छ । त्यस्तै फागुन महिनामा सबैभन्दा कम ७ करोड ९६ हजार ९ सय बराबरको बीमाङ्क संकलन भएको छ । सोही अवधिमा कुल २१ करोड २८ लाख ८३ हजार २ सय ७२ बीमा शुल्क आर्जन भएको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । समितिको तथ्याङ्क अनुसार ८ महिनाको अवधिमा ६ करोड २७ लाख ४० लाख २ सय ३७ दावी रकम भुक्तानी भएको छ भने कुल १५ करोड ९६ लाख ६२ हजार ४ सय ५४ अनुदान दिइएको छ ।

पन्छी बीमा

पन्छी बीमा अन्तर्गत चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा कुल ७४ करोड ४० लाख १७ हजार ३ सय ३१ बराबरको बीमाङक संकलन भएको छ । सोही अवधिमा यस बीमा अन्तर्गत जम्मा ३० करोड ७४ लाख ५९ हजार ९ सय ९९ बीमा शुल्क आर्जन भएको बीमा समितिको तथ्याङकमा उल्लेख छ । समितिका अनुसार २ करोड ३० लाख ५९ हजार ४ सय ९९ अनुदान रकम र ५६ लाख २६ हजार १ सय ८२ दाबी रकम भुक्तानी भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS