Prabhu Life Ad Final

ग्लोबल आइएमई बैंकले गर्यो आइएफसीसँग कर्जा लिने सम्झौता, वित्तीय तरलताको समाधान हुने बिश्वाश

IME PAY
IME Life

काठमाडौं,  ग्लोबल आइएमई बैकले विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग ऋण लिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

गत बिहिबार उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका हुन् ।

नेपालमा पछिल्लो समयमा देखिएको वित्तीय तरलताको समाधानमा यो सम्झौताले योगदान पुरयाउने लक्ष्यका साथ उक्त सम्झौतामा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ ।

 

उक्त कर्जा सापटी सहमति नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लागू हुनेछ । त्यस्तै विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) ले ग्लोबल आइएमई बैकलाई ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेकोे छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १२२ वटा शाखा, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ, भने जापान र अमेरिका मा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गर्दै गरेको बुझीएको छ । त्यसैगरी बैंकले मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS