IME Life

सुधारिएन बजार, परिसुचकसँगै कारोबार पनि घट्यो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १२ । बुधबार पनि सेयर बजार परिसुचक नेप्से घटेको छ । साताको पहिलो दिन उच्च अंकले बढेको नेप्से त्यसयता लगातार ओरालो लागेको छ । आज बजार ८ दशमलव ३९ अंकले घटेर १ हजार ३ सय ८६ दशमलव ४७ को बिन्दुमा पुगेको छ ।

परिसुुचकसँगै मंगलबार कारोबार रकम पनि घटेको छ । यसदिन बजारमा १६० कम्पनीहरुका ५६ करोड १४ लाख ६० हजार ७० रुपैयाँ सेयर खरिदबिक्री भएका छन् । मंगलबार बजारमा ७३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

Crest

५७ अंकले घट्यो बीमा समूह

बुधबार समग्र बजार ८ अंकले घट्दा बीमा समूह ५७ दशमलव २७ अंकले घटेको छ । त्यस्तै बैंकिङ समूह ५ दशमलव ९ अंकले, होटल समूह २८ दशमलव ७६ अंकले, विकास बैंक समूह १६ दशमलव ६५ अंकले, जलविद्युत समूह २३ दशमलव ०९ अंकले, फाइनान्स समूह ५ दशमलव ०३ अंकले, उत्पादन तथा प्रशोधन समूह ११ दशमलव १७ अंकले, र लघुवित्त समूह १८ दशमलव ३२ अंकले घटे्का छन् । त्यस्तै आज अन्य समूह भने शुन्य दशमलव ७२ अंकले बढेको छ ।

नेपाल ग्रामीणको सर्बाधिक कारोबार

यसदिन सबैभन्दा बढी नेपाल ग्रामीणको सेयर किनबेच भएको छ । कम्पनीको ४ करोड २४ लाखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै ग्लोबल आईएमई बैंकको २ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।
त्यसैगरी आजको कारोबारमा सर्वाधिक कमाउनेमा भने स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य ६ दशमलव ०४ अर्थात प्रतिकित्ता ७९ रुपैयाँ बढेको छ । त्यस्तै पोखरा फाइनान्सको ३ दशमलव ६४ प्रतिशतले सेयर भाउ बढेको छ । त्यस्तै रिलायन्स फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ६ प्रतिशतले ओरालो लागेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS