IME Life

अब सरकारी भुक्तानी विद्युतीय प्रणालीबाट

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १२ । सरकारबाट गरिने भुक्तानी र राजश्व संकलनका लागि विद्युतीय प्रणाली (ई–पेमेन्ट) बाट गर्ने व्यवस्था लागू हुने भएको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाले उक्त व्यवस्थाको औपचारिक शुरु गरेका छन् ।

विद्युतीय बिल भुक्तानी प्रणाली (ई–पेमेन्ट) सिस्टम कार्यान्वयनमा आएसँगै सेवाग्राहीहरु सरकारी भुक्तानीका लागि सरकारी कार्यालय पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । सेवाग्राहीले घरबाटै सबै किसिमका कर तिर्न सक्नेछन् । यो व्यवस्था लागू भएपछि करदाताले आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलबाट सिधै सरकारलाई राजस्व भुक्तानी गर्न सक्ने छन् ।

Crest
Meta Holidays

मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कजस्ता मुख्य करहरु विद्युतीय प्रणालीमार्फत भुक्तानी हुने अर्थमन्त्रालयले जनाएको छ ।
अर्थमन्त्रीमा नियुक्त भएकै दिन खतिवडाले विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने निर्णय गरेका थिए । उनको सो निर्णय अब भने व्यवहारिक रुपमा नै लागू हुने भएको हो ।

बुधबारबाट औपचारिक रुपमा सुरुवात गरिएको यो व्यवस्था आउँदो साउनदेखि यो प्रणाली पुर्ण रुपमा लागु हुने अर्थ मन्त्रालयले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x