IME Life

जेठभित्र माथिल्लो तामाकोसीको सेयर निष्कासन हुने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले आगामी जेठभित्र आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा लगानी गर्न स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको २५ प्रतिशत सेयर निष्कासन गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट वैशाखभित्र स्वीकृति प्राप्त भएमा जेठबाट स्थानीयको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर बिक्री खुल्ला गरिने कम्पनी सचिव रामसुन्दर श्रेष्ठले बताए । उनका अनुसार आयोजना प्रभावित स्थानीयका लागि ९१ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता जारी हुनेछ ।

Meta Holidays
Crest

यस्तै, सर्वसाधारणका लागि ९१ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री खुल्ला हुनेछ । स्थानीयलाई अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी ३ श्रेणीमा विभाजन गरेर सेयर वितरण गरिनेछ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित र कतै नछोइएको क्षेत्रलाई कम प्रभावितमा राखिएको छ । स्थानीयले ३० देखि ३ सय कित्तासम्म सेयर खरिद गर्न आवेदन दिन सक्नेछन् । कूल परेको आवेदनको आधारमा ३ प्रतिशत अतिप्रभावित, १४ प्रतिशत प्रभावित र १ प्रतिशत सेयर कम प्रभावितलाई वितरण गरिनेछ । प्राप्त आवेदनका आधारमा सेयर बाँडफाँडको टुङ्गो लाग्ने कम्पनीले जनाएको छ ।

चालू आर्थिक वर्षको सुरुमा स्थानीयलाई छुट्ट्याइएको सेयर जारी गर्ने तयारी गरे पनि स्थानीय तहको निर्वाचनपछि जिल्ला समन्वय समिति गठनमा भएको ढिलाई र धितोपत्र बोर्डको नियमावली संशोधन हुँदा समय लम्बिएको हो । यसअघि चैतभित्र सेयर जारी गरी वैशाखसम्म बाँडफाँड गर्ने योजना थियो । सुरुमा स्थानीय र पछि सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्कासन हुनेछ ।

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका छुट्ट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ । सञ्चयकर्ता, ऋण लगानी गर्ने संस्था, प्राधिकरणका कर्मचारी र स्थानीयका लागि सेयर जारी गर्न बोर्डबाट एकै पटक स्वीकृति लिइएको थियो ।

तर, रोल्वालिङ खोलाको पानी मिसाएर थप विद्युत् उत्पादन गर्ने योजनापछि स्थानीय र सिभिल ठेकेदार सिनो हाइड्रोमा कार्यरत कर्मचारीले पनि सेयर पाउनुपर्ने भन्दै विरोध गरेका थिए । विरोधका कारण त्यतिबेला स्थानीयका लागि छुट्ट्याइएको सेयर निष्कासन रोकिएको थियो । समयमा निष्कासन नहुँदा कम्पनीको पुँजी परिचालन र आयोजनाको खर्च व्यवस्थापनमा समस्या सुरु भएको छ । सेयर जारी गरेर २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ जम्मा गर्ने कम्पनीको लक्ष्य छ ।

(श्रोत:-उर्जा खबर बाट)

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS