IME Life

एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आज, पारित होला बोनस र हकप्रद प्रस्ताव !

SPIL
Sanima Reliance

काठमाडौं, वैशाख १० । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २३ औँ वार्षीक साधारणसभा आज (वैशाख १० गते) बस्दैछ । अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे बस्ने सभाले १० प्रतिशत बोनस पारित गर्नेछ ।

एभरेष्ट इन्स्योरेन्सले १ करोड २१ लाख ५० हजार रुपैयाँको बोनस तथा बोनस प्रयोजनका लागि ६ लाख ३९ हजार ४ सय ७४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाँदैछ ।

Crest
Meta Holidays

सभाले २२ औं साधारण सभाबाट पारित भएको ६ सय प्रतिशत हकप्रद प्रस्तावलाई परिमार्जन गरी बीमा समितिको निर्देशन बमोजिम कम्पनीको सेयर संरचनामा न्युनतम ५१ प्रतिशत संस्थापक सेयरधनी कायम गर्ने छ ।

उक्त बोनस सेयर पश्चात हुन आउने कुल चूक्ता पूँजीमा सेयरधनीलाई १ सय ५ प्रतिशत संस्थापक हकप्रद सेयर जारी गर्ने भएको छ । सो संस्थापक हकप्रद पश्चात कायम सेयरधनीलाई थप ३ सय प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पेस गर्ने भएकोछ ।

साथै, सभाले सञ्चालक समिति तथा अन्य समिति उपसमितिको बैंठक भत्तामा बृद्धि गर्ने, र कम्पनीको नियमावलीमा आवश्यक संसोधनको अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने लगायतका विशेष प्रस्ताव साधारण सभामा गरिने भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x