IME Life

संघिय संरचनामा बीमा कम्पनी, हेरौं कुन प्रदेशमा कस्तो उपस्थिती !

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ६ । बीमा सम्बन्धी चेतना पछिल्लो समय बढ्दै गएको छ । त्यसमा पनि नयाँ बीमा कम्पनीहरु थप भएसँगै शहर बजारमा मात्र केन्द्रित भएको आरोप खेपेका बीमा कम्पनीहरु गाउँसम्म पनि पुगेको देखिएको छ ।

देश संघिय संरचनामा गएसँगै बीमा कम्पनीहरु पनि सोही संरचना अनुसार आफ्ना शाखा विस्तार गरी सेवा प्रवाह गरेका छन् । बीमा समितिले दिएको पछिल्लो तथ्यांक अनुसार १६ जीवन बीमा कम्पनीले देशभर ९१२ शाखा कार्यालयबाट बीमा सेवा प्रवाह गरेका छन् ।

Crest
Meta Holidays

तथ्यांक अनुसार सात प्रदेशमध्ये प्रदेश नम्बर ३ मा बीमा कम्पनीको उपस्थित अन्यको तुलनामा बलियो देखिएको छ । राजधानी काठमाडौ समेत रहेको यो प्रदेशमा बीमा कम्पनीले २१८ शाखाबाट सेवा दिएका छन् । अधिकांश बीमा कम्पनीहरुको मुख्य कार्यालय रहेको यो प्रदेशमा सबैजसो बीमा कम्पनीको बश्र्चव रहेको छ ।

त्यसैगरी प्रदेश नम्बर १ मा १६३ शाखाबाट जीवन बीमा कम्पनीले सेवा दिएका छन् । त्यस्तै प्रदेश नम्बर ५ मा १४९ शाखा, प्रदेश नम्बर २ मा १३० शाखा, प्रदेश नम्बर ७ मा ११८ शाखा र प्रदेश नम्बर ४ मा ८१ शाखा कार्यालयबाट कम्पनीहरुले बीमा सेवा प्रदान गरेका छन् । अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ६ मा बीमा कम्पनीहरुको उपस्थित कमजोर देखिएको छ । यो प्रदेशमा १३ कम्पनीहरुका जम्मा जम्मी ५३ शाखा मात्रै रहेका छन् । यी कम्पनीहरुमध्ये मेटलाईफ इन्स्योरेन्स, रिलायबल लाईफ इन्स्योरेन्स र प्रभु लाईफ इन्स्योरेन्सको उपस्थित देखिएको छैन् ।

कारोबार सञ्चालनमा आएका छोटो समयमा नै नयाँ जीवन बीमा कम्पनीहरुले करिब करिब देशका सबैजसो प्रदेशमा आफ्नो उपस्थित जनाएका छन् । पछिल्लो पटक अनुमति पाएका नौ बीमा कम्पनी मध्ये युनियन लाईफ इन्स्योरेन्स र ज्योती लाईफले देशभर ५७ शाखाबाट बीमा सेवा दिएका छन् । छोटो समयमा नै बलियो कम्पनीका रुपमा स्थापित गराएका यी कम्पनीहरु सातै प्रदेशमा पुगेका छन् । त्यस्तै आईएमई लाईफ इन्स्योरेन्स, सिटीजन लाईफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स र सन नेपाल लाईफ इन्स्योरेन्स सबै प्रदेशमा पुगिसकेका छन् ।

नेपालको जीवन बीमा व्यवसायमा बलियो उपस्थित जनाएको नेपाल लाईफ इन्स्योरेन्सले देशभर १२७ शाखा कार्यालयबाट बीमा सेवा प्रदान गरेको छ । कम्पनीको सबैभन्दा बढी ३ नम्बर प्रदेशमा केन्द्रिय कार्यालयसहित ३६ शाखा रहेका छन् । त्यस्तै प्रदेश नम्बर १ मा २२ शाखा, प्रदेश नम्बर ५ मा २१ शाखा, प्रदेश २ र ७ मा १४/१४ शाखा रहेका छन् । त्यसैगरी प्रदेश नम्बर ४ र ६ मा १०/१० शाखाबाट बीमा सेवा प्रदान गरेको छ ।

त्यस्तै विगत लामो समयदेखि नै बीमा व्यवसाय गरेको मेटलाईफको भने निकै कम शाखा रहेका छन् । कम्पनीले जम्माजम्मी २३ शाखाबाट बीमा सेवा दिएको हो । २ नम्बर र ६ नम्बर प्रदेशमा हालसम्म पनि आफ्नो उपस्थित नजनाएको मेटलाईफले प्रदेश नम्बर ३ मा सबैभन्दा बढी १० शाखाबाट बीमा सेवा दिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x