नेको इन्स्योरेन्सको सेयर लिलामीमा

Citizen Life Insurance Co

काठमाडौं, वैशाख ५ । नेको इन्सुरेन्सको १ लाख ७ हजार २६९.११ कित्ता सेयर लिलामीमा आउने भएको छ । कम्पनीको हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामी आउने भएको हो ।

यसअघि ५० प्रतिशत हकप्रद खुला गरेको नेकोले बिक्री नभएको १ लाख ७ हजार १६९.११ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले माघ २६ देखि चैत १ गतेसम्म २ः१ अनुपातमा ३९ लाख २० हजार ९ सय २८.११ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यसमा आवेदन दिएका ७ हजार ८ सय ६३ जना सेयरधनीलाई ३८ लाख १३ हजार ६ सय ५९ कित्ता सेयर बाँडफाँट गरिसकेको नेकोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार