IME Life

नेपाल इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद भोलिदेखि निष्कासन हुने

SPIL
Sanima Reliance

काठमाडौं, बैशाख ४ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद भोलि (वैशाख ५) देखि बिक्री खुला हुने भएको छ ।कम्पनीले १ बराबर १ को अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रदमा चैत्र २२ गतेसम्म कायम सेयरधनीहरुले वैशाख ५ गतेदेखि जेठ ८ गतेसम्म आवेदन दिन पाउनेछन् ।

Crest
Meta Holidays

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित लाल दरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शाखाबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्तापूँजी ३० करोड १९ लाख ८८ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख ७७ हजार २२० कित्ता पुग्नेछ । कम्पनीले शतप्रतिशत हकप्रदले समेत पाउने गरि २ दशमलव २६२ प्रतिशत बोनस प्रस्ताव समेत गरेको छ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x