सूर्या लाइफको ४० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Citizen Life Insurance Co

काठमाडौं, वैशाख ४ । सूर्या लाइफ इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुधबार बुक क्लोज गर्दैछ ।

बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने हुँदा हकप्रद सुरक्षित गर्न मंगलबारभित्र सेयर खरिद पर्नेछ ।

कम्पनीले १० बराबर ४ को अनुपातमा २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । सुर्या लाईफको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेडले रहेको छ

हाल यस कम्पनीको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी एक अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार