IME Life

बिमा कम्पनीहरुलाई ग्रामीण क्षेत्रमुखी बनाउने बिमा समितिको तयारी

SPIL
NIC ASIA

काठमाडौं, वैशाख ४ । बीमा कम्पनीको संख्या थपिएसंगै बजार पहुँच र दायरा फराकिलो हुने भएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले आगामी आर्थिक वर्षबाट उक्त योजना अगाडि सार्ने भएको हो ।

अब बीमा कम्पनी शहर केन्द्रित नभएर ग्रामीण भेगसम्म पुग्ने गरी योजना ल्याउने तयारी भइरहेको समितिले जानकारी दिएको छ । अभिकर्ता परिचालन गर्न नसकेकै कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको समितिले उल्लेख गरेको छ । स्वस्थ प्रतिस्पर्धाको दायरा बढाउने, अभिकर्तालाई बढीभन्दा बढी निखारता ल्याउने, ग्रामीण भेगसम्म पनि नगद प्रवाह समेत हुन थालेको समितिले जनाएको छ । जसले जोखिम न्यूनीकरणमा उपभोक्ताको चासो बढ्दो अवस्थामा रहेको पनि बीमा समितिको भनाई छ ।

Prabhu
Crest

बीमा शिक्षा र सचेतनाको अभियान सञ्चालन गर्ने, तालिम दिने, ग्रामिण स्तरसम्म यसको पहुँच पुग्ने गरी योजना अगाडि बढाएको समितिले जनाएको छ ।

मानिसको आम्दानी स्तर कमजोर रहेको, जनचेतनाको कमी, बीमा सम्बन्धी ज्ञानको कमी र भौगोलिक विकटता जस्ता बिषयहरु चुनौतीको देखिएको भएपनि योजना सहित गाउँ–गाउँ पुगेर सामान्य परिवारको आर्थिक स्तर वृद्धि गर्न र बीमाको दिगो विकासमा उक्त योजनाले टेवा पुर्याउने बीमा समितिको विश्वास छ ।

देश संघीय संरचनामा गइसकेको अवस्थामा बीमा कम्पनीहरुले पनि अभ्यास थालिसकेका छन् । युनियन लाईफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णले आफूहरुले सातै प्रदेशमा शाखा सञ्चालनमा ल्याइसकेका जानकारी दिएका छन् । उनले सबैतिर बीमाप्रति चासो बढेको र बीमाप्रति आकर्षण देखिएको पनि बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS