Prabhu Life Ad Final

युनाईटेड इन्योरेन्सको २४० प्रतिशत हकप्रद आउने

IME PAY
IME Life

काठमाडौं, वैशाख ३ । युनाईटेड इन्स्योरेन्स कम्पनी नेपालले १ बराबर २.४ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बीमा समितिको निर्देशन बमोजिक चुक्तापूँजी वृद्धिको प्रक्रियामा रहेको कम्पनीले उक्त अनुपातमा हकप्रद बिक्री गर्ने जनाएको हो ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले हालको चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँको २४० प्रतिशतले हुन आउने ७२ करोड ५७ लाख ६० करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको हो । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ ।

यसअघि पनि युनाइटेडले १०० प्रतिशत हकप्रद बिक्री गर्ने जनाएको थियो । तर बिमा समितिले आर्थिक वर्ष २०७२÷०७३ को वित्तीय विवरण अस्वीकृत गरेपछि १०० प्रतिशत ल्याउने प्रस्ताव स्थगित भएको थियो ।

त्यस बेला बिमा समितिले परिमार्जनसहित पुनः वित्तीय विवरण पेस गर्न युनाइटेडलाई निर्देशन दिएको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS