राष्ट्र बैंकका ११ कर्मचारीको बढुवा

Citizen Life Insurance Co

काठमाडौ, वैशाख १ । नेपाल राष्ट्र बैंकले ११ कर्मचारीहरुको बढुवा गरेको छ ।

राष्ट्र बैंकले ३ जना निर्देशकहरुलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो । त्यस्तै वर्षको अन्तिम दिन शुक्रबार ८ जना उपनिर्देशकहरुलाई निर्देशकमा बढुवा गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा हुनेमा मुकुन्द क्षेत्री, हरिशरण केसी र पिताम्बर भण्डारी रहेका छन् ।

त्यसैगरी उपनिर्देशकबाट निर्देशकमा बढुवा हुनेमा प्रल्हाद थापा, चेत उप्रेती, बलराम पौडेल, रोशन सिग्देल, केशव थापा, ईश्वरी न्यौपाने, डा. रामशरण खरेल र डा.डिल्लीराम पोखरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार